news and more entertainment

अख्तियारले काम थाल्यो डा. सायमी सहित प्राध्यापक डाक्टरहरु बिरुद्ध अनुसन्धान शुरु

aakhtiyarकाठमाडौं, १७ असार। भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका उपकुलपति हीराबहादुर महर्जनसहित २० उच्च सरकारी अधिकारी र निजी विश्वविद्यालयका चार उच्च पदाधिकारीसहित २४ जनाविरुद्ध अनुसन्धान थालेको छ। अख्तियारले छानबिन सुरु गरेको २४सै जनालाई थप अनुसन्धानका लागि सोमबार उपस्थित हुन पत्राचारसमेत गरिसकेको स्रोतलाई उदृत गर्दै राजधानीमा डिल्ली आचार्यले लेख्नुभएको छ।
भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएको अभियोगमा सुरक्षा निकायका पदाधिकारीसहित ९६ कर्मचारीको बैंक लकर रोक्न निर्देशन दिएलगत्तै आयोगले थप २४ जनामाथि अनुसन्धान अघि बढाएको हो। अख्तियारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पाँच पदाधिकारी, पूर्वाञ्चल विश्वविद्यालयका चार र उच्च माध्यमिक शिक्षा परिषद्का दुई पदाधिकारीमाथि अनुसन्धान थालेको हो। अख्तियार स्रोतका अनुसार स्वास्थ्य सेवा विभागका दुई, कृषि सामग्री कम्पनीका एक, शिक्षा मन्त्रालयका एक, नापतौल तथा गुणस्तर विभागका दुई, उद्योग विभागका एक र औषधि व्यवस्था विभागका दुई उच्च कर्मचारी तथा पदाधिकारीमाथि पनि अनुसन्धान थालेको छ।
अख्तियारले नापतौल तथा गुणस्तर विभागका महानिर्देशक रामआधार साह र नापतौल तथा गुणस्तर कार्यालय वीरगन्जका प्रमुख श्रीपति झाविरुद्ध पनि अनुसन्धान सुरु गरेको छ। महानिर्देशक साहले सिमेन्ट उद्योग अनुगमनका क्रममा कमिसन र घुस मागेको तथा गुणस्तर परीक्षणमा अनधिकृत फाइदा लिने गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको अख्तियार स्रोतले जनाएको छ।
अख्तियारले त्रिवि शिक्षण अस्पतालका डिनद्वय डा. शरदराज वन्त र विमल सिन्हामाथि अकूत सम्पत्ति आर्जनको आशंकामा छानबिन थालेको हो। त्यसैगरी, सो अस्पतालका मेडिसिन विभागका प्राध्यापक डा. अरुण सायमी, एटोनोमी विभागका डा. रतीन्द्र श्रेष्ठ र रामप्रसाद उप्रेतीविरुद्ध पनि अनुसन्धान थालेको छ। अख्तियार स्रोतका अनुसार नेपाल मेडिकल काउन्सिलका कोअर्डिनेटर डा. शशी शर्मा र बीपी क्यान्सर अस्पताल भरतपुरका अध्यक्ष डा. भक्तमान श्रेष्ठविरुद्ध पनि अनुसन्धान सुरु भएको छ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. महेश्वरमान श्रेष्ठ, पूर्वउपकुलपति डा. रामअवतार यादव, रजिस्ट्रार निरोज पाण्डे र पूर्वरजिस्ट्रार राजकुमार ठाकुरविरुद्ध पनि अकूत सम्पत्ति आर्जनमा अनुसन्धान सुरु भएको छ। अख्तियारले अनुसन्धान सुरु गरेकामा कृषि सामग्री कम्पनीका महाप्रबन्धक अम्बरराज खयर, स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्था महाशाखा प्रमुख डा. नरेशप्रताप केसी र औषधि व्यवस्था विभागका महानिर्देशक राधारामप्रसाद सिंह र निरीक्षण शाखा प्रमुख विजयलक्ष्मी श्रेष्ठ छन्।
अख्तियारले शिक्षा मन्त्रालयको उच्चस्तरीय अनुगमन समितिका सचिव तथा सहसचिव सूर्य गौतम, उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष हेमकुमार मिश्र, र सदस्य–सचिव भीमलाल गुरुङमाथि पनि अनुसन्धान अघि बढाएको जनाएको छ। भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएको देखिएपछि उनीहरूलाई थप अनुसन्धान अघि बढाउने निर्णयमा अख्तियार पुगेको हो। स्रोतका अनुसार मिश्र र गुरुङले उच्च माविको प्रश्नपत्र छपाइ र उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको उजुरी परेपछि अख्तियारले छानबिनको दायरामा ल्याएको हो।
परिषद्मा गत बिहीबार मात्र अख्तियारको टोलीले अनुगमन गरेको थियो। भ्रष्टाचार अभियोगमा उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक सुरेन्द्र चौरसिया र उद्योग विभाग सुविधा शाखाका उपसचिव रामशरण चिमोरिया, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका उपसचिव सुदीप शाहविरुद्ध पनि अनुसन्धान प्रक्रिया अघि बढाएको अख्तियारले जनाएको छ।
श्रोत हाम्रा कुरा 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget