गोमा खत्री –भनिन्छ ‘जहाँ महिलाको पूजा गरिन्छ, त्यो समाज सधैं सभ्य हुन्छ, त्यहाँ सधैं भगवान्ले बास गर्नेछन् ।’ यो भनाइ हामीले धेरै पहिलादेखि सुन्दै पनि आएका हौ, तर यस्ता भनाइ केबल भनाइमा सीमित छन् । महिला हिंसा तथा यौनदुव्र्यवहार गर्नेलाई समयमै कानुनी दायरामा ल्याउनु आवश्यक छ । यसो गर्न सके मात्र महिलालाई हुने गरेका हिंसा र यौनदुव्र्यवहारका घट्नामा कमी आउन सक्ने छ ।
महिला हिंसा र यौनदुव्र्यवहार विश्वव्यापी रुपमा विद्यमान नै रहेको छ । महिलालाई हेरिने दृष्टिकोण यौनदुव्र्यवहार लगायतका क्रियाकलापहरु अहिलेको अवस्थामा पनि जस्ताको तस्तै रहेको पाइन्छ । झन् पछिल्लो समयमा आइपुग्दा मानव अधिकार हनन्का घटनामा बढी महिला नै पीडित हुन पुगेको पाइएको छ ।
महिला हिंसा र यौन दुव्र्यवहार आपराधिक मानवअधिकारविरोधी कार्य मानिए पनि यो अपराधमा कुनै कमी आएको छैन । झन् नयाँनयाँ रुपमा यौनदुव्र्यवहारका घटना हुन थालेका छन् । पहिले त यौनदुव्र्यवहार शारीरिक रुपमा नै पथ्र्याे तर अहिलेको समयमा भने झन् नयाँनयाँ तरिकाबाट यसको प्रकृति बढ्दै गएको पाइन्छ । यो समस्या विश्वव्यापी रुपमा विद्यमान भए पनि यो विषय धेरैका लागि सरोकारको विषय थिएन र यो विषयलाई समान्य रुपमा लिइरहन्थ्यो । महिलाहरु पनि आफूमाथि भएको यौन दुव्र्यवहारलाई सहेर बस्थे र आफूमा मात्र सीमित राख्थे ।
जसले जस्तो व्यवहार देखाए तापनि यो कस्तो किसिमको आपराधिक कार्य हो भनी महिलाहरुले छुट्याउन नसकेको कारण यस क्रियाकलापलाई जो पीडित हो उसमा मात्र सीमित हुने गरेको थियो यौन दुव्र्यवहारका घटनाहरु । जब सन् १९९४ मा बेइजिङमा भएको विश्व सम्मेलनले महिलामाथि हुने हिंसालाई महिलाहरुको एउटा प्रमुख मुद्दाको रुपमा पहिचान गरेपछि यो मुद्दाले सरकार, अन्तर्राष्ट्रिय दातृ संगठन गैसरकारी संस्था सञ्चारमाध्यमलगायत सबैमा ध्यानाकर्षण गरेको छ । जसको कारण पहिले जो पीडित हो उसमा मात्र सीमित हुने गर्दथ्यो । समाजमा आफनो मान र प्रतिष्ठामा आँच आउन सक्ने भएको हुँदा एकअर्काले आफूमाथि भएको अन्यायविरुद्ध खुलेर कुरा गर्न चाहँदैनथे । त्यही कारण प्रोत्साहनका साथ झन्झन् बढी यस्ता खालका घटनाहरु समाजमा दिनप्रतिदिन बढ्न गएको पाइन्छ ।
सयौं वर्षदेखि परिभाषामा पर्न नसकेको महिलामाथिको यस्ता विषयहरु सोही सम्मेलनले महिला हिंसाको व्यापक रुपमा परिभाषित पनि गरेको थियो । महिलामाथि हुने गरेको बलात्कार, यौन शोषण, यौन दुव्र्यवहार, मानसिक हिंसा सबै हिंसाको पारिभाषाभित्र पर्दछन् । दोबाटोमा बसेर पुरुषहरुले देखाउने क्रियाकलाप महिलाहरु जिस्काउने, उनीहरुको शरीरलाई छुने, अश्लील पत्रपत्रिकाहरु देखाउने, मानसिक यातना दिने यी सबै महिला हिंसाको यौन दुव्र्यवहार हुन् । जसलाई पुरुषप्रधान समाजले कहिले पनि नकार्न सकेको छैन र यो विद्यमान रहेको छ ।
छोरीलाई विद्यालय पठाउन हुन्न, छोरीलाई घरभित्रको काममा मात्र सीमित राख्नु पर्छ भन्ने संकुचित विचारका कारण कतिपय महिलाहरु त ज्यूँदैमा नारकीय जीवन बिताउन बाध्य हुने गरेका छन् । अशिक्षा र अज्ञानताका कारण कैयौं महिलाहरु आफूमाथि भएको यौनदुव्र्यवहारहरु सहेर बस्ने गरेका छन् । किनकि उनीहरुलाई आफूमाथि भएको यस्ता क्रियाकलापको लागि कहाँ गएर त्यसको विरुद्धमा उजुरी दिने भन्ने नै जानकारी हँुदैन भने कतिपय महिलाहरु सामाजिक प्रतिष्ठाका डरले आफूमाथि भएको यौन दुव्र्यवहारलाई आफूभित्रै सीमित राख्छन् । समाजमा बसिरहँदा त्यस्ता खालको खोट लागेमा हाम्रो समाजले उसलाई घृणा र तिरस्कृत गर्ने गर्दछ । जसको कारण उनीहरुको जीवनमा धेरै नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।
कतिपय महिलाहरु यौनदुव्र्यवहारको पीडालाई खप्न नसकेर यदि जो कसैलाई भनौ त समाजमा आफु सधैं बद्नाम हुनुपर्ने, समाजमा तिरस्कृत भएर बाँच्नुपर्ने नभनौ त्यसको पीडा आफूलाई सहनलायकको छैन । यस्तै कारणले समाजमा उनीहरु आफूबाट आफैं हार खाँदै कतिले भीरबाट हामफालेर ज्यान फाले त कतिले समाजको परिस्थितिसँग सामना गर्न नसक्दा अकालमै ज्यान गुमाउन गरेको छन् । गाउँबस्तीमा विद्यालय जाने गरेका किशोरीहरु आफूमाथि हुने गरेको यौनदुव्र्यवहारकै कारण बीचमै विद्यालय छाड्ने गरेका छन् त कतिपय कार्यालयमा कार्यरत महिला कर्मचारीहरु कामै छाडेर बसेका कैयौं उदाहरणहरु छन् हामीमाझ ।
यस्ता क्रियाकलापबाट पीडितहरुमाथि पर्ने गरेका असरहरु जुन मानसिक तनाव, चाँडै रिसाउने, आत्मविश्वासको कमी हुँदै जानु, आफनो जीवनप्रति निराशा उत्पन्न हुनु, शारीरिक अस्वस्थतामा वृद्धि हँुदै जानु जो पहिलेको कामहरु नै गर्न नसक्ने हुनु जस्ता असरहरुको कारण उनीहरुमा एक्कासि डिप्रेशन तथा आत्महत्याका विकल्पहरु सारथीको रुपमा आउने गर्दछन् ।
धेरै छन् महिलाहरुमाथि गरिने यौनदुव्र्यवहारहरु जसको कारण महिलाहरु आफ्नो क्षमतालाई सधैं एउटै चुलो र चौकामा मात्र सीमित पार्ने गर्दछन् । उनीहरुभित्र भएका रुचि, चाहना, इच्छा र आकांक्षालाई कहिल्यै पनि यो समाजले बुझ्न सकेको छैन । उनीहरुको क्षमता र प्रतिभाहरु कहिल्यै कुनै पनि मञ्चमा प्रस्फुटन हुन सकेको छैन ।
काम गर्ने जोसुकै मानिसले अनुकूल वातावरणमा काम गर्न पाउनुपर्नेमा जोड दिएको त छ तर पनि त्यसको व्यवस्था कुनै पनि निकायमा हुन सकेको छैन । घरबाट बाहिर निस्केकी केटी जो बाटोघाटोदेखि लिएर शिक्षा, स्वास्थ्यको क्षेत्रमा, धार्मिक स्थलहरु, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरु, उद्योगधन्दालगायतका क्षेत्रहरुमा उनीहरुमाथि यस्ता खालका यौनदुव्र्यवहार हुने गरेका छन् ।
पहिलेदेखि हाम्रा समाजका पुरुषहरुले महिलाहरुलाई उपभोग्य वस्तुको रुपमा हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन हुन सकेको छैन । जसलाई आज किन्यो, भोलि पुनः प्राप्त गर्न सकिने पुरुषहरुको आशा । जुन महिलाबाट आत्मसन्तुष्टि नपाएको खण्डमा उनीहरु त्यसलाई फाटेको कपडास्वरुप मिल्काउन सक्छन् र अर्काे फेर्न सक्दछन् । यस्ता प्रवृत्तिलाई रोक्नको लािग हामीले आफ्ना सानासाना नानीबाबुहरुलाई सानै उमेरदेखि महिलाप्रति सम्मान व्यवहार गर्ने जस्ता ज्ञान सिकाउनु जरुरी छ ।
महिलाहरुमाथि हुने गरेका यस्तै दुव्र्यवहारका कारण महिलाहरु घरको एउटै कोठामा मात्र सीमित हुने गरेका छन् । तर यसो गर्नु झनै ठूलो गल्ती हो । किनकि यसले झनै पीडकमा आत्मबल बढेर आउन सक्दछ ।
नेपालमा महिलामाथि बढ्दै गएको हिंसा र यौनदुव्र्यवहारविरुद्ध प्रहरी तथा बुद्धिजीवीको सक्रियता रहनु आवश्यक छ । बेलुकाको समयमा बाहिर निस्कि नसक्नुको अवस्थाबाट पार पाउनका लागि, बढ्दो गुण्डागर्दीलाई सही ठाउँमा ल्याउनु झनै महत्वपूर्ण कुरा हो

Post a Comment