news and more entertainment

‘लिटिल मिस वल्र्ड यूनिभर्स’ दृष्टिलाई सम्मान

२०७१ जेठ ११ गते  
dristi-samman
टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा अघिल्लो हप्ता सम्पन्न ‘लिटिल मिस वल्र्ड युनिभर्स’ प्रतियोगिताको शीर्ष उपाधि विजेता नेपाली चेली दृष्टि दाहाललाई उनी अध्ययनरत विद्यालय एनआईसी एकेडेमीले सम्मान गरेको छ । राजधानीको डिल्लीबजारमा रहेको विद्यालयले उनलाई सम्मानसँगै निःशुल्क अध्ययन गराउने घोषणा पनि गरेको छ । १२ वर्षिया दृष्टि विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् ।
कार्यक्रममा दृष्टिले सौन्दर्य प्रतियोगिताले पनि मानिसको आत्मविश्वासलाई बढाउने गरेको बताईन् । ‘टर्कीको कार्यक्रम एकदमै उपलब्धिमूलक रह्यो, मैले अन्य देशका प्रतिनिधिलाई नेपाल चिनाउने मौका पाएँ,’उनले भनिन्,’यस्ता कार्यक्रम हामी विद्यार्थी वर्गका लागि निकै महत्वपूर्ण फाइदा पुग्नेरहेछ ।’ कार्यक्रममा विद्यालयका तर्फबाट दृष्टिलाई बुद्धको मूर्ति प्रदान गरिएको थियो ।
मोरङ उर्लाबारी घर भएकी दृष्टिले २२ मुलुकका ४३ प्रतिष्पर्धीलाई उछिन्दै शीर्ष उपाधि चुमेकी थिईन् भने ‘मिस ट्यालेन्ट’ को विधागत उपाधि पनि आफ्नो पोल्टामा पारेकी थिईन् । दृष्टि गत फागुन ३ गते राजधानीमा इप्लानेटले आयोजना गरेको ‘लिटिल मिस नेपाल’ को विजेता हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget