news and more entertainment

कराँतेकी गंगादेवी अधिकारी सर्वोत्कृष्ट

काठमाडौ, असार १८ - कराँतेकी गंगादेवी अधिकारी 'दशरथ चन्द मेधावी खेलाडी- २०६९' अन्तर्गत सोमबार सर्वोत्कृष्ट चुनिएकी छन् । गंगाबाहेक अन्य चार खेलाडी उत्कृष्ट चुनिए । प्रत्येक विकास क्षेत्रबाट एक-एक खेलाडी समेटिएको छ ।
गंगा पूर्वाञ्चलकी हुन् । उत्कृष्ट घोषित हुने अन्य खेलाडीमा मध्यमाञ्चलबाट क्रिकेटका पारस खड्का, पश्चिमाञ्चलबाट उसुकी झरना गुरुङ, मध्यपश्चिमाञ्चलबाट एथलेटिक्सकी केशरी चौधरी तथा सुदूरपश्चिमाञ्चलबाट फुटबलकी चन्द्रा भण्डारी छन् ।
सहिद चन्दको जन्मजयन्तीको अवसर पारेर दिने पुरस्कारमा गंगाले १५ हजार रुपैयाँ प्राप्त गरिन् । अन्य चार उत्कृष्टले समान १० हजार १ रुपैयाँ र सम्मानपत्र हात पारे ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget