news and more entertainment

आलियालाई आफ्नो बुवाजस्तो जीवनसाथी नचाहिने

फिल्म निर्माता महेश भट्टकी सबैभन्दा कान्छी छोरी आलिया भट्ट अहिले सफलताको बाटोमा अग्रसर छिन् । आफ्नो बुवालाई आदर्श मान्ने आलिया भट्ट आफ्नो बुवाको निर्देशनलाई पर्खिरहेकी त छिन् नै तर उनी आफ्नो बुवाजस्तै व्यक्तिसँग विवाह गर्न चाँहदिनन् । यो कुरा उनले कलर्सको लोकप्रिय कार्यक्रम ‘कुछ भि हो सकता हे’ मा प्रस्तोता अनुपम खैर र आफ्नो बुवा महेश भट्टको अगाडि भनिन् ।
प्रतिभावान कलाकार अनुपम खेरको यो टक शो तेस्रो भागको दोस्रो पाहुना महेश भट्ट र उनकी छोरी आलिया भट्ट थिए । यो कार्यक्रममा महेश भट्टले आफ्नो जिवनको केहि गोप्य कुरा मानिसहरुलाई भनेका थिए । महेश भट्टले आफू एक समय निकै रक्सी पिउने गरेको र चौबिस घण्टा नशामा हुने गरेको कुरा स्विकार गरे ।
उनको विवाहपछि थुप्रै महिलाहरुसँग विवाहेत्तर सम्बन्ध भएका कारण आफ्नो निजि जिन्दगी निकै प्रभावित भएको तर आफ्नो आत्मविश्वासका कारण उनले आफ्नो परिवारलाई फिर्ता ल्याउन सफल भएको बताए । जसको नतिजा उनले विगत २७ वर्षदेखि रक्सीलाई हात समेत लगाएका छैनन् ।
यहि क्रममा आलियाले पनि आफूले कहिलेकाँही रक्सी सेवन गर्ने गरेको र कहिले काँही बहकिने पनि स्विकार गरिन् । उनलाई आफ्नो बुवाले बनाएको सारांश र जख्म फिल्महरु निकै राम्रो लागेको बताइन् । तर उनले आफ्नो जीवनसाथी आफ्नो बुवाजस्तो नरोज्ने बताइन् । (एजेन्सी)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget