news and more entertainment

इजरायली आक्रमणबाट गाजामा ५ सयको मृत्यु

साउन ५ – इजरायलले प्यालेष्टिनी लडाकु हमाससंगको संघर्षमा एकैदिन १३ जना सैनिकको ज्यान गएको जनाएको छ । यो संगै गाजा क्षेत्रमा भएको संघर्षमा ज्यान गुमाउने सैनिकको संख्या १८ पुगेको छ ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना सैनिकको मृत्युका कारण सरकार गहिरो शोकमा रहेको भन्दै क्षतिको बाबजुद गाजा क्षेत्रमा आवश्यकता अनुसार कारवाही तिव्र पारिने बताउनुभएको छ । 

इजरायली आक्रमणबाट गाजा क्षेत्रमा एकैदिन ८७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ६० जना शेजाइया जिल्लाका रहेका बिबिसीले जनाएको छ ।इजरायली प्रधानमन्त्री नेतान्याहूले शेजाइया आतंकवादीको बलियो गढ रहेको र त्यहींबाट इजरायलमाथि रकेट आक्रमण भइरहेको दावी गर्नुभएको छ । उहाँले विद्रोहीसंग लड्नका लागि घना बस्तीमा प्रवेश गर्नुको विकल्प नरहेकोे भन्दै संघर्षबाट जोगिन त्यहाँका बासिन्दालाई अन्यत्रै जान आग्रह गरिएको दावी गर्नुभयो । झण्डै दुई हप्ता यता भइरहेको इजरायली आक्रमणबाट अहिलेसम्म झण्डै ५ सय जना प्यालेष्टिनीको ज्यान गइसकेको छ ।

प्यालेष्टिनी राष्ट्रपति महमूद अब्बासले शेजाइयामा भएको नागरिकको मृत्युलाई नरसंहार भन्दै निन्दा गर्नुभएको छ । इजरायली आक्रमणमा धेरै मानिसको ज्यान गएपछि शेजाइयाबाट हजारौं प्यालेष्टिनी विस्थापित भएका छन् । इजरायली सीमासंग नजिक रहेको शेजाईयाको पूर्वी भेगमा आक्रमण भइरहेकाले उद्धारकर्मीहरु जान नसकेका बिबिसीले उल्लेख गरेको छ ।#ujyaloonline

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget