नायिका दीपिका पादुकोणले ‘आइ एम अ भर्जिन’ भनेपछि यतिबेला बलिउड बजारमा तहल्का नै मच्चिएको छ । दीपिकाको यो भनाइले भारतीय सेन्सर बोर्डलाई समेत हैरानी भएको छ । प्रसंग हो, चलचित्र ‘फाइन्डिङ फ्यानी’ को । यो चलचित्रमा नायिका दीपिका पादुकोणले ‘म भर्जिन छु’ भन्ने संवाद बोलेकी छिन् । जसलाई लिएर भारतको सेन्सर बोर्डले आपत्ती जनाएको छ । चलचित्रमा यो संवाद राखेकोखण्डमा ‘यूनिभर्सल’ सर्टिफिकेट दिन नसकिने धारणा भारतीय सेन्सर बोर्डको छ । तर निर्माणपक्षले भने अन्य थुप्रै चलचित्रमा पनि नायिकाहरुले यस्तो संवाद बोलेकाले आफूहरुलाई मात्र किन यस्तो भन्दै प्रश्न गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment