फिल्मीबजार,२०७१ भाद्र ८ आईतवार,काठमाण्डौ ।
साउन २३ मा रिलिजमा आएको स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको निर्माण तथा मुख्य भूमिका रहेको फिल्म ‘कोहिनुर’ शुक्रबार देखि तेस्रो सातामा प्रवेश गरेको छ । यो शुक्रबार दुइ फ्रेश फिल्म ‘ठुली’ र ‘ताण्डब’ रिलिजमा आए तर पनि ‘कोहिनुर’को क्रेज घटेको छैन । ‘कोहिनुर’ नेपाली चलचित्र इतिहासमा नै पहिलो पटक छोटो अबधिमा सबै भन्दा धेरै ग्रस ब्यापार गर्न सफल फिल्म बनेको छ । तेस्रो साता प्रवेश संगै शुक्रबारको अन्तिम रिपोर्ट अनुसार फिल्मले राजधानी र मोफसलमा गरी कुल ५ करोड ६५ लाखको ब्यापार गरेको वितरक कम्पनि एफ डीका प्रमुख प्रदिप उदयले फिल्मीबजार डटकमलाई बताए । उनले एकदमै वास्तविक रेकर्ड भएको भन्दै ५० सिनेमा घरको ब्यापर विवरण समेत देखाए । ‘कोहिनुर’को क्रेज तीजमा बढ्ने समेत आशा गरिएको छ । आकाश अधिकारी निर्देशित यो फिल्ममा स्वर्गीय श्रीकृष्ण श्रेष्ठ संगै पत्नी स्वेता खड्का मुख्य भूमिकामा छिन् । फिल्म चेलीबेटी बेचबिखन र नेता तथा मन्त्रिले राजनीतिको खोल ओढेर गर्ने कालो कर्तुतलाई पर्दा फास गरेको छ
।
Post a Comment