news and more entertainment

किन वेश्यालय जान्छन् पुरुष ? जानी राखौ?

एजेन्सी–वेश्यालयमा जाने पुरुषसँग प्रायः आ–
आफ्नै तर्क हुन्छ । केही पुरुष आफ्नो निरस
वैवाहिक जीवनबाट मुक्त हुन त
कोही एकाकी जीवनको निरसता हटाउन
यौनकर्मीकहाँ जाने गर्छन् ।
केहीका लागि सेक्स एउटा नशाजस्तो हुन्छ भने
केही वैवाहिक जीवनको जटिलताबाट
बच्नका लागि यस्तो गर्छन् । फ्रेड र
लारा पछिल्लो ६ वर्षदेखि एक अर्कालाई
चिन्छन् । तर,फ्रेड लारासँग समय विताएको र
सेक्स गरेको पैसा तिर्छन् ।
सेक्सका लागि पैसा तिर्नु कति जायज हो भन्ने
बहस उनीहरुबीच चल्छ ।
जागिरबाट सेवा निवृत भएका फ्रेडले
लारालाई इन्टरनेटमा भेटेका थिए । अहिले
उनीहरु एकअर्कासँग यति घुलमिल भइसकेका छन्
कि लारालाई भेट्न आउनुभन्दा पहिले नै फ्रेड
उनको खातमा पैसा ट्रान्सफर गर्छन् । फ्रेड
ग्रामिण क्षेत्रमा बसोबास गर्छन् र
वर्षौदेखि आमाको हेरचाह गर्छन् । भन्छन्,‘मसँग
मान्छेहरु भेट्ने फुर्सद छैन,त्यसैले
सेक्सका लागि पैसा खर्च गर्ने निर्णय गरेको हुँ ।’
उता रोवर्ट भने अर्कै कारण पैसा खर्च गर्छन् । धेरै
वर्षदेखि वैवाहिक सम्बन्धमा रहेका रोबर्ट
भन्छन्,‘मलाई सेक्स धेरै मन पर्छ । तर मेरो विवाह
यस्तो महिलासँग भएको छ जसलाई सेक्स त
टाढाको कुरा अँगालो मार्नु र चुम्बन गर्नु
पनि मन पर्दैन ।
तैपनि उनी राम्री जीवनसाथी हुन्’
उनी भन्छन् ,‘म यो विवाहलाई कायम राख्न
चाहन्छु । त्यसैले मैले यौन
सन्तुष्टीका लागि यो बाटो रोजेको हुँ
।’आजको राजधानी दैनिकले खबर छापेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget