आजकल हरेक उमेरका मानिसलाई भुल्ने बिमारीले सताएको हुन्छ । यसरी भुल्ने बिमारी लाग्नु भनेको मानिसको एकाग्रतामा कमी हो । धेरै मानिसमा पुराना कुराहरू सम्झन नसक्ने समस्या हुने गर्छ । यसको मुख्य कारण हो, मानिसको शरिरलाई चाहिने पौष्टिक पदार्थ शरिरमा नहुनु ।
यसरी शरिरमा पौष्टिक तत्वको कमी भएपछी शरिरका अन्य भाग जस्तै मष्तिष्क पनि शिथिल हुन्छ र त्यसले गर्नुपर्ने काम ठिकसँग गर्न सक्दैन । त्यसैले सकेसम्म शरिरलाई आवश्यक पर्ने पौष्टिक तत्वहरू शरिरमा पुर्याउनु आवश्यक हुन्छ र मष्तिष्कका लागी फाइदा पुग्ने खाद्य पदार्थ पनि उपयुक्त मात्रामा खाने गरे त्यसले झन् फाइदा पुर्याउँछ ।
थाहा पाऔ के-के खाँदा मष्तिष्कलाई फाइदा पुर्याउँछ र बिर्सने बानीलाई कम गर्न सकिन्छ ।
- बेलुका सुत्ने बेलामा बदाम भिजाउने र भोलिपल्ट उठेपछी उक्त बदामको बाहिरको बोक्रा फ्याँकेर पिस्ने । उक्त पिसिएको बदामलाई एक गिलास दुधमा तीन चम्चा महका साथ मिलाएर मनतातो बनाएर पिउने । यसरी दुध पिएपछी करिब २ घण्टा अन्य कुनै खानेकुरा भने खानु हुँदैन ।
- प्राय हामीले बिहान उठ्ने बित्तिकै कफी पिउने गर्छौ । बिहान कफी पिउनुलाई निकै फाइदाकारी मानिन्छ । कफीमा हुने क्याफिन नामको रसायनले मष्तिष्कको केही भागलाई निकै क्रियाशिल गर्ने गर्छ । यसले मानिसलाई फुर्तिलो र ध्यान एकतित्र गर्न मद्धत गर्छ ।
- दालचिनीको तेल पनि मष्तिष्कलाई फाइदा गर्ने एक खाद्य पदार्थ हो । यसको तेलमा कोलस्टेरोलको मात्रा नहुने हुँदा सले शरिरको अन्य भागलाई पनि असर गर्दैन । दालचिनीको तेलले मष्तिष्कलाई ठण्डा राख्न मद्धत गर्छ । यसले गर्दा मानिस चाँडै उत्तेजित हुने र रिसाउने क्रममा पनि कमी आऊँछ ।
- स्याऊ पनि मष्तिष्कलाई फाइदा गर्ने खाद्य पदार्थ हो । दैनिक रूपमा खाने गरे यसले मष्तिष्कलाई फाइदा पुर्याउँछ । भने यसले मानिसलाई अन्य बिमारीबाट बचाउन समेत प्रतिरोधी क्षमताको विकास ग्रन मद्धत पुग्छ ।
- ग्रिन टि एउटा स्वास्थ्यवर्धक पेय पदार्थ हो । यो मष्तिष्कका लागी निकै फाइदाकारी हुने वैज्ञानिकहरू बताउँछन् । यसले मष्तिष्कको कोषको उत्पादन, स्मृतीमा सुधार र सिक्ने क्षमताको विकासलाई निकै प्रभावित गर्ने गर्छ । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment