news and more entertainment

खुश्बु मेरो सम्पत्ति सकेर बेलायतमा महारानी जसरी बसेकी हो (अर्पणका बुबा)


arpanखुश्बुलाई लन्डन जानुअघि नै मैले चिनेको हुँ । अर्पण र खुश्बु अक्सर सँगै आउँथे । एकदमै पारिवारिक वातावरण थियो । यस्तै सम्बन्ध रहिरहे र दुवैले चाहे बिहे गराइदिउँला भन्ने सोचेको हुँ । तर, अहिले खुश्बु एकदम एकोहोरो भइसकेकी जस्तो देख्छु । अर्पण बेस्ट फ्रेन्ड थियो, तर प्रेमी होइन भनिरहेकी छिन् । अहिले बिचरीको दिमागी तरंगहरू विचलित भएको हो कि भन्ने देखिन्छ ।
खुश्बुको घरमा अर्पण बस्न थालेपछि उसका परिवारले कुरा काटेको पनि हामीलाई सुनाउँथे । घर गएपछि अर्पण बिरामी परिहाल्छ, त्यसैले पठाउँदैनौँ भन्थे रे । घरमा हामी बुढाबुढी र एकजना सहयोगी मात्रै थियौँ । खुश्बुका बुबा पनि व्यापारी, उनीहरू पनि व्यापार गरिरहेका । त्यसैले व्यापारका सल्लाह होलान् भन्ने सोचेर, जे गर्छ उसको खुसीकै लागि गरोस् भनेर छाडिदिएका थियौँ । वेलावेला न्यास्रो लागेर घर बोलाउन फोन गथ्र्याैँ, तर उनीहरू बाबु यता गएको छ र उता गएको छ भन्थे । तर, पैसा माग्न भने दुवैजना सँगै आउँथे ।
उनीहरू तनावमा हुँदा ममीचाहिँ सम्झाउँथी पनि, ‘सोचविचार गर है, फेरि तिमीहरू बर्बाद हौला नि ।’ उनीहरू हामी ‘ज्वाइन्ट इफोर्ट’बाट केही गर्छौँ, बिजनेस, पढाइ, सामाजिक कार्य सबै कुरा बढाउँछौँ भनेर आउँथे । हामीले नाइनास्ती गर्ने कुरा पनि आएन । खुश्बु केटीमान्छे, फ्रन्टमा आउन खोजिरहेकी थिइन्, त्यसैले हौसला दिनुपर्छ भनेर प्रिफरेन्सचाहिँ उनैलाई दिन्थ्यौँ । छोरालाई पैसा खर्च गर भनेर दिने स्थितिमा हामी थिएनौँ । प्रोपर्टी, सुनहरू दिन्थ्यौँ । उनीहरूकै लागि नै घरजग्गा धितो राख्थ्यौँ ।
खुश्बुले लन्डनमा पनि म एक्लै बसेकी हुँ भनेको कुरा पनि कताकता पढेँथेँ । के त्यसो भए बेलायतमा महाराजा/महारानीजस्तै सँगै फोटो कसरी खिचे रे त ? बेलायतबाट उनीहरूले पनि फोन गर्थे, म पनि गर्थेँ । त्यहाँ फ्ल्याट अनि गाडी लिएको सुनेकै हो, राजा/महाराजा बसेजस्तो बस्थे रे । लन्डनबाट फर्केकाले हामीलाई सुनाउँथे, ‘यस्तो फ्यामिली विदेशमा यति सोखले बसेर पढेको त हामीलाई थाहा थिएन ।’
बिजुलीबजारमा मात्र घर थियो भन्ने कुरा उनले सही भनिन् । फर्पिङको घर राजधानी फाइनान्समा धितो राखेको कुरा पनि साँचो हो । तर, त्यो घर उनीहरूकै सल्लाहमा धितो राखेका थियौँ । एक्कासि आएर तुरुन्तै पाँच लाख चाहियो, १० लाख चाहियो भन्थे । अर्पणकी ममी राष्ट्र बैंकको डिजिएम थिइन्, उनले भनेपछि राजधानी फाइनान्सले फ्याट्टै ऋण दिन्थ्यो । अहिले त्यो घर लिलामीको अवस्थामा पुगेको छ भन्ने सुन्दै छु, मैले । त्यसको पहल गर्न बाँकी नै छ ।
उनीहरू दुवैजनाको सल्लाहले बिजुलीबजारको हाम्रो घर बेचेर बालकोट लगे । बालकोटमा हामी सेटल भइसकेका थियौँ, आफ्नो ओनरसिपमा घर आइसकेको थियो । त्यहाँ पनि बीचमा यिनीहरूलाई केही क्राइसिस भएछ क्या हो, बालकोटको घर पनि बेच्ने कुरा गरे । हामी बालकोटमा रोकिनँ खोजेका थियौँ, तर खुश्बु र अर्पण नारायणस्थानमा अर्को घर छ, त्यहीँ बस्नुपर्छ भनेर आए । उनीहरूले नै ग्राहक खोजे, हामीले कागजपत्रमा सही गरिदियौँ ।
राम्रै क्षेत्रमा, राम्रै ढंगले आइराखेका होलान् भन्ने लाग्थ्यो । उनीहरूले जे गरिरहेछन्, राम्रै होला भनेर हामी नारायणस्थान आयौँ । लालपुर्जा पास गरिसकेका होलान् भनेर हामी नारायणस्थानमा ढुक्कले बसेका थियौँ । उनीहरूले त एक/दुई वर्षपछि घरै किन्ने तर अहिलेचाहिँ भाडामा बस्ने कुरा गरेका रहेछन् । नारायणस्थान आइपुगेपछि यिनीहरूबीच फाटो पर्न सुरु भएछ । अहिले हामी घरको न घाटको स्थितिमा छौँ ।
खुश्बुले आफ्नो परिवारको आर्थिक अवस्था तगडै थियो भनिरहेकी छिन्, हुन सक्छ । परिवार तगडै भए पनि उसको व्यवहारका कारण कन्ट्रोल गर्न पनि खोजेका थिए कि ? अरूमार्फत नै डिलिङ गराउने गरेका थिए कि ? त्यही कारणले आर्थिक रूपमा अर्पणको परिवार कमजोर हुने अवस्था आएको हो कि ? त्यो त समाजले बुझ्न चाहे बुझिहाल्छ, देखिहाल्छ । खुश्बुले यसरी मलाई ‘बेनिफिट’ दिलाई, अर्पणले यसरी मलाई ‘लस’ गरायो भनेर भन्ने कुरा होइन । करिअर डेभलपमेन्टका लागि दुवैले एक–अर्कालाई सहयोग गरेको थाहा छ मलाई । हामी पनि प्रत्यक्ष/अप्रत्यक्ष रूपमा मुछिनुपर्ने हुन्थ्यो ।
पैसा भन्ने कुरा कसैले देखाएर मात्र देखिने प्रमाण होइन । एउटै परिवार मानेर बसेपछि मेरो मिसेसले यति खर्च गरी, छोरीले यति खर्च गरी भन्ने कुरा आउँदैन पनि । पारिवारिक रूपमा बसेपछि उनीहरूको पनि खर्च भयो होला, हाम्रो पनि खर्च भयो । अहिले आर्थिक रूपमा हामी एकदमै कमजोर अवस्थामा आइपुगेका छौँ । मानसिक रूपमा पनि डिप्रेस्ड छौँ । उपचारका क्रममा डेढ/दुई महिनादेखि भारतमा कहिले कता त कहिले कता भौँतारिरहेका छौँ ।
kathmandutoday.com भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget