news and more entertainment

श्रीमान्ले यौनसम्पर्क राख्न खोज्दा डरले गर्दा मैले यौनसम्पर्क राख्न दिइनँ, के यो रोग हो ?


म २२ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको १४ महिना जति भइसकेको छ । विवाहको भोलिपल्ट श्रीमान्ले यौनसम्पर्क राख्न खोज्नुभयो तर एक किसिमको डरले गर्दा मैले यौनसम्पर्क राख्न दिइनँ । यसले गर्दा मलाई नै नरमाइलो लाग्यो । विवाहको चटारो नसकिएसम्म त मैले जसोतसो यौनसम्पर्क राख्ने कुरा टार्दै गएँ तर लामो समयका लागि त्यसो गर्नु सजिलो कुरा थिएन ।

श्रीमान्सँग एकै बिछ्यौनामा सुत्न अनि अङ्कमाल वा आत्मीय सम्बन्धको लागि भने म एकदमै भोको छु र लालायित पनि छु । आज त जसरी पनि यौनसम्पर्क राखौंला भन्ने अठोट गरी सुते पनि यौनसम्पर्क गर्ने बेलामा एक किसिमको डर उत्पन्न हुन्छ । त्यसपछि म यौनसम्पर्क राख्ने स्थितिमा हुन्न । यसबाहेक मलाई अन्य कुनै खराबी भएजस्तो पनि लाग्दैन । मलाई श्रीमान्को आत्मीयता अनि सामीप्यता मन पर्छ र उहाँको माया पाउन पनि चाहन्छु । श्रीमान्ले विभिन्न किसिमले मलाई यौनसम्पर्कमा आकर्षित गराउने कोशिश गर्नुभएजस्तो पनि लाग्छ । उहाँले यौनका सन्दर्भमा कुनै नराम्रो घटना भएको थियो कि भनेर पनि सोध्नुभएको थियो तर मेरो त्यस्तो कुनै अनुभव छैन । यस्तै ६ महिनाअघिदेखि त श्रीमान्ले यौनसम्पर्क राख्ने कोशिश गर्न पनि छोडिसक्नुभयो । उहाँ बिस्तारै मसँग टाढिँदै जानुभएको छ । म अहिलेसम्म भर्जिन नै छु । त्यसैले यौनसम्पर्क राख्ने बेलामा हुने डर हटाउने उपाय साधनामार्फत बताइदिनुभए आभारी हुने थिएँ । – रेणु, झापा 

सामान्यतया हामी सबैले बुझेकै कुरा के हो भने, यौन वास्तावमा सुखदायी अनुभूति दिने कुरा हो । त्यसैले प्राकृतिकरुपमा नै हामी यसको लागि लालायित हुन्छौं । कतिपयका लागि यौनसम्पर्कबारे अनेक कौतुहलता हुन सक्छ । के होला, कसो होला भन्ने कुरा त स्वाभाविकरुपमा नै हुन्छ । तर सबैका लागि त्यस्तो नहुन सक्छ । अर्को कुरा के पनि हो भने, यौनसम्पर्कलाई हामीले शारीरिक सम्पर्क भन्ने गरे पनि यो शायद शारीरिकभन्दा मानसिक बढी छ भन्दा अतिशयोक्ति नहोला । यौन सुखानुभूति आफैंमा पनि मानसिक पक्ष हो । तर कसैको लागि यही मानसिक पक्ष नै यौनसुख प्राप्तिको लागि नकारात्मक हुन सक्छ । यसैको उदाहरण यौन–भय हो ।

व्यक्तिगतरुपमा मात्रै होइन, समाजको बृहत्तर पक्षलाई हेर्दा, यौनसम्बन्धी कुरामा भय कुनै न कुनै रुपमा जहिले पनि देखिन्छ । इतिहासदेखि अहिलेसम्म यसको व्यापकता पाउँछौं । यसले गर्दा धेरै हदसम्म यौन तथा यौनिकता वर्जित विषय बन्न पुगेको छ । हस्तमैथुन, नग्नता, देहव्यापार, समलैङ्गिकता अनि विवाहित व्यक्तिको बीचमा सन्तान जन्माउनका लागि हुने यौनसम्पर्कबाहेक अन्य यौनसम्बन्धलाई सामान्यतया नकारात्मकरुपमा हेर्ने गरिएको पाइनुको पछि यही कारण रहेको पाइन्छ ।

एक किसिमले यो एक आश्चर्य लाग्दो विषय हो– किन हाम्रो समाजमा यौन तथा यौनिकताप्रति नकारात्मक भावना–सोच हुने गर्छ ? यो यति धेरै व्यापक भए पनि एक किसिमले उल्टो वा प्रत्युत्पादक हुने देखिन्छ । किनकि माथि नै भनेजस्तो मानवले प्राकृतिकरुपमा यौनसम्पर्क राख्न चाहन्छ र मानव विकासको क्रममा यो एकदम सुखदायी हुने गर्छ । यौन किन यस्तो हुने गर्छ ? सामाजिक सन्दर्भमा होस् वा धार्मिक सन्दर्भमा वा अन्य सन्दर्भमा, अन्य व्यक्तिको यौनक्रियाकलापलाई नियन्त्रणमा राख्ने उद्देश्य निहित भएको देखिन्छ ।

यौन–भय के हो ?

यौनसम्पर्क राख्नबाट डर मान्नु नै यौन–भय हो । यसका अनेक प्रकार हुन सक्छन् । यौन–भयको कुरा गर्दा कसैलाई कुनै विशेष कुराप्रति डर हुन सक्छ भने कसैलाई एकभन्दा बढी कुरामा एकैसाथ यस्तो डर हुन सक्छ । कसैमा नग्नताप्रति भय हुन सक्छ भने कसैमा यौनदृश्य वा यौनचित्रको भय हुन सक्छ । यस्तै समलिङ्गीप्रतिको भय, यौनशिक्षाको भय, यौन गोप्यताको भय अरु उदाहरण हुन् ।
चिकित्सा क्षेत्रमा भने यौनसम्बन्धी कुनै वस्तु, व्यक्ति वा कार्यसम्बन्धी तर्कहीन तथा सामान्य यौनजीवन नै यापन गर्न नसक्ने स्थितिमा पुग्ने गरी हुने भय हो । यौन–भयको कारणले व्यक्तिको यौनसम्बन्धबाट आनन्द प्राप्त गर्ने क्षमतामा नकारात्मक असर त गर्छ नै, कतिपय स्थितिमा यसबाट पीडित व्यक्ति यौनसम्पर्क राख्नै नसक्ने पनि हुन्छ । केही स्थितिमा अन्य डरको एक अंशको रुपमा यौन–भय रहेको पनि हुन सक्छ ।

यौन–भय भएका व्यक्तिले यौनका सन्दर्भमा डर देखाउनुका साथै ग्लानिभाव पनि देखाउने गर्छन् । अन्य व्यक्तिको तुलनामा उनीहरूले यौनको सन्दर्भमा कम कुराकानी गर्ने, यौन सामग्रीको सन्दर्भमा नकारात्मक प्रतिक्रिया देखाउने गर्नुका साथै यौनसम्पर्क पनि कम राख्ने गर्छन् । सामान्यरुपमा यौनसँग सम्बन्धित कुनै पनि डरलाई यौन–भय भन्न सकिए पनि यो एक जटिल कुरा हो र पीडितमा प्रायः एकभन्दा बढी भय हुन्छ ।

यौन–भयका प्रकार

यौनसम्पर्कको भय ः यौनसम्पर्कको भय (न्भलयउजयदष्ब) भएका व्यक्ति आत्मीय सम्बन्ध राख्न सक्छन् । त्यस्तो सम्बन्धको सुरुवात गर्न पनि सक्छन् अनि चुम्बन वा आलिङ्गनको आनन्द पनि प्राप्त गर्न सक्छन् तर यौनसम्पर्क राख्नबाट भने परहेज गर्छन् । आत्मीयताको भय ः आत्मीयताको भय (ँभबच या  ष्लतष्mबअथ) भएका व्यक्तिहरु यौनसम्पर्क राख्न नडराए पनि भावनात्मकरुपमा नजिक हुनबाट भने डराउँछन् ।

पाराफोबिया

 ः यो यौन विकृतिको भय हो । कतिपय व्यक्ति आफूलाई त्यस्तो यौन विकृति हुन्छ कि भनेर डर मान्छन् भने कतिपय अरु व्यक्ति यौन विकृत हुन्छन् कि भनेर डर मान्छन् । यस्तो समस्या भएका व्यक्तिमध्ये केहीले परम्परागत यौनसम्बन्धलाई ग्रहण गर्न सक्छन् यदि ती आफ्नो नैतिक मूल्य–मान्यताको सीमाभित्रै पर्छन् भने । तर केही व्यक्तिलाई भने कुनै पनि प्रकारको आत्मीयता विकृत लाग्न सक्छ ।

स्पर्शको डर ः स्पर्शको भय  लाई chiraptophobia पनि भनिन्छ । यस्तो भय यौनका मामिलामा गरिने विपरीत लिङ्गीको स्पर्शमा मात्र सीमित नहुन पनि सक्छ । यस्तो भय भएका व्यक्ति अन्य सामाजिक स्पर्शमा पनि डराउन सक्छन् ।

नग्नताको भय ः नग्नताको भय (न्थmलयउजयदष्ब) हुनेमध्ये कोही आफू नाङ्गिन डराउँछन् भने कोही
आफ्नो वरिपरि अन्य व्यक्ति नग्न भएको देखेर डराउने हुन्छन् । जोखिमको डर ः कतिपय व्यक्तिमा जोखिममा पर्छु कि भन्ने भय हुन्छ । उनीहरुमा यौनसम्पर्कका कारण कसैले त्यागिदेला कि वा कसैले समाहित गरिदेला कि भन्ने डर हुन्छ । चुम्बनको डर ः कसै–कसैलाई एक–अर्कामा गरिने चुम्बनको पनि डर (एजष्झिबउजयदष्ब) हुन्छ । कसैका लागि चुम्बन आनन्ददायक हुन्छ भने यदाकदा चुम्बनबाट डराउनेहरु पनि हुन्छन् । यसरी चुम्बनबाट डराउनुका धेरै कारण हुन सक्छन् । सास गन्हाउने वा रोग सर्नेजस्ता कुरासँग पनि यो डर जोडिएको हुन्छ ।

यौन–भयको कारण

यो एकदमै व्यक्तिगत डर हो । त्यसैले यसका अनेकौं कारण हुन सक्छन् । कतिपय स्थितिमा कारण पत्ता लगाउन गाह्रो हुन सक्छ भने वर्तमान वा पहिले जीवनमा घटेका घटनाका आधारमा यौन–भयको केही कारण पत्ता लगाउन पनि सकिन्छ । व्यक्तिगत, सांस्कृतिक तथा धार्मिक कारण ः कतिपय समुदाय वा धार्मिक सम्प्रदायमा यौनसम्पर्क सन्तान जन्माउनको लागि मात्र गर्नुपर्छ भन्ने विश्वास गरिन्छ । यो नै भयको कारण भन्न नमिले पनि कतिपय व्यक्तिलाई पुरानो तथा नयाँ मान्यताको बीचमा सामञ्यजस्यता ल्याउन निकै नै गाह्रो भने पक्कै हुन्छ । बन्देजयुक्त वातावरणबाट एकदमै खुला वातावरणमा पुग्दा पुराना कुरा छोड्न नसक्दा यौन–भय हुने सम्भावना हुन्छ ।

कार्यसम्पादनको चिन्ता ः कतिपय परिस्थितिमा यौनसँग डराएको स्थिति नभए पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन सक्छु कि सक्दिनँ अर्थात् यौनसम्पर्क राम्ररी गर्न सक्छु कि सक्दिनँ भन्ने चिन्ताले सताउने गर्छ । अनि यही चिन्ता नै भयसँग जोडिने गर्छ ।
शारीरिक चासो ः कतिपय व्यक्ति यौनसम्पर्कले कतै चोट पो पुर्याउँछ कि भन्ने पीर गर्छन् । कतिपय स्थितिमा शरीरमा भएको कुनै खराबीले यौनकार्य राम्ररी गर्न नसक्ने स्थिति पनि हुन्छ । यस्तो जोखिम वास्तविकताभन्दा धेरै टाढा छ तर मनमा डर कायमै छ भने त्यसलाई यौन–भय मान्नुपर्ने स्थिति आउँछ । यसै गरी यौनशोषण वा बलात्कारमा परेका सबैलाई यौन–भय नहुने भए पनि यस्तो चोट खपेका कतिपयमा भने यसले यौन–भयको सम्भावना बढाउँछ ।

यौन–भयको समाधान

यसको समाधान नै नभएको भने होइन तर यो एक जटिल समस्या भएकाले धेरैजसो परिस्थितिमा विशेषज्ञको सहयोग आवश्यक पर्छ । साथै समाधानमा धेरै समय पनि लाग्ने हुन्छ । धैर्यको आवश्यकता धेरै हुन्छ र थेरापिस्टसँग इमानदारीका साथ खुलारुपमा आफ्ना कुरा भन्नु आवश्यक हुन्छ । असजिलो प्रक्रियाबाट गुज्रिनुपरे पनि मेहनतको फल राम्रै हुने स्थिति हुन्छ । यसै दौरानमा भय कम हुँदै जानुको साथै आफ्नो यौन तथा यौनिकताको बारेमा सहज हुँदै गएपछि भय कम हुँदै जाने मात्रै होइन, यौनजीवन र सुख प्राप्तिमा पनि सकारात्मक असर पर्दै जान्छ ।

भयको प्रकृति एकदमै व्यक्तिगत हुने भएकाले आफूलाई सहयोग गर्ने थेरापिस्टसँग सहज हुनु पनि त्यत्ति नै आवश्यक हुन्छ । समस्याको जडसम्म पुग्न समस्याको इतिहास तथा लक्षणहरूको विश्लेषणका साथै शारीरिक तथा अन्य परीक्षण पनि गर्नुपर्ने हुन्छ । समस्या समाधानका लागि बिहेभियर थेरापी, फिजियो थेरापी, एक्सपोजर थेरापी, कग्निटिभ बिहेभियर थेरापीजस्ता विभिन्न विधि अपनाउनुपर्ने हुन्छ । यसबाहेक रिलेसन टेक्निक (चभबितष्यल तभअजलष्त्रगभ) अनि चिन्ता कम गर्ने औषधि पनि प्रयोग गर्ने गरिन्छ । 

अन्त्यमा के कुरा पनि भनौं भने, आफू र आफ्नो यौन तथा यौनिकतासँग सहज हुन आवश्यक छ । त्यसै गरी आफ्नो यौनजोडीको यौन तथा यौनिकताको बारेमा थाहा पाउनु अनि उसका चाहना थाहा पाउनुपर्छ । सक्दोरुपमा तनाव तथा भयरहित हुन कोशिश गर्नुहोस् । असजिलो लागेमा गरिरहेको क्रियाकलापलाई रोकेर तनावरहित हुने कोशिश गर्नुहोस् । आफूमा भएको भय तथा असजिलो यौनसाथीलाई नलुकाई भन्ने गर्नुहोस् । त्यसले गर्दा असमझदारी बढ्दैन र तपाईंको समस्याको समाधानमा सहयोग मिल्छ । दुवैले राम्ररी कुराकानी गरेर एक–अर्काको स्थिति थाहा पाएमा अनावश्यक अपेक्षा कम गर्न मद्दत मिल्छ । यसले यौन–भय कम गर्न सहयोग मिल्छ । भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget