news and more entertainment

पति र घरका परिवारको यातनापछि युवती विस्थापित

भदौ २२, बर्दिवास।महोत्तरी जिल्लाको पर्सापतैली–४ की २० वर्षीया एक युवती पति र घरका परिवारजनको लगातारको यातनापछि विस्थापित भएकी छन् ।

जिल्लाको कोल्हुवाबगिया–६ का रमेश पाण्डेकी २० वर्षीया छोरी अस्मिता शर्मा, पति इन्द्रजीत शर्मा (राउत) र ससुरा हरिकेश्वर राउतसहितका परिवारजनले लगातार दिँदै आएको शारीरिक र मानसिक यातनाका कारण घरबाट विस्थापित भएकी हुन् ।

करिब पाँच वर्षअघि २०६६ साल फागुनमा इन्द्रजीतसँग सामाजिक परम्पराअनुसार विवाह बन्धनमा बाँधिएकी आफूलाई त्यसयता पति, ससुरा र सासूले दुई तोला सुन दाइजो ल्याउनुपर्ने भन्दै लगातार कुटपिट र मानसिक यातना दिएर घर निकाला गरेपछि आफ्नो विचल्ली भएको अस्मिताको भनाइ छ ।

परिवारजनको यातनाबाट विस्थापित भएकी आफूले बनिबुतो गरेरै तीन वर्षीय छोरा आलोक र आफ्नो गुजारा चलाइरहेको सञ्चारकर्मीसँगको भेटघाटमा अस्मिताले बताउनुभयो । इन्द्रजीतले विवाहको समयमा नगद रु एक लाख र एक तोला सुन दाइजो लिएको अस्मिताका माइती पक्षको भनाइ छ । आफू अत्यन्त गरिब र पाँचवटी छोरीको बाबु भएकाले थप दाइजो दिने स्थिति नरहेको अस्मिताका बाबु रमेश पाण्डेले बताउनुभयो ।

यता, अस्मिताका परिवारजनले भने उनलाई कुनै यातना नदिएको बताएका छन् । विवाहको समयमा नै उनका माइती पक्षले दुई वर्षपछि रु एक लाख नगद र एक तोला सुन थपिदिने कबुल गरेअनुसार सो कुरा माइती पक्षलाई सम्झाइदिन भन्नासाथै अस्मिता बालक छोरा लिएर घर छाडी भागेको ससुरा हरिकेश्वर राउतको भनाइ छ ।

पछिल्ला दिनमा छोरा आलोक आफूलाई नदिए मारिदिने धम्कीसमेत आउन थालेको अस्मिताको आरोप छ । छोरा आलोक परिवारजनले खोसे आफ्नो र उसको सुरक्षामा झनै समस्या थपिने अस्मिताको भनाइ छ ।

परिवारजनको यातना र धम्कीबारे जिल्ला प्रशासन कार्यालयमा उजुरी गरे पनि न्याय भने नपाएको अस्मिताको गुनासो छ ।

यता, जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत शम्भुनारायण यादवले भने अस्मिता र उनको छोराको सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिएको जानकारी दिनुभयो ।

अस्मिताका अन्य कानुनी हक स्थापित गर्ने कुरा भने न्यायपालिकाबाट हुनसक्ने स्थानीय प्रशासनले जनाएको छ ।

भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget