news and more entertainment

पूर्वमन्त्री शैलेन्द्रकी छोरी दाबी गर्दै युवतीले मागिन् अधिकार

२०, भदौ काठमाडौं । पूर्वमन्त्री तथा परराष्ट्रविद स्व. शैलेन्द्रकुमार उपाध्यायकी छोरी दाबी गर्दै एक युवतीले कानुनी र व्यवहारिक अधिकार मागेकी छन् ।
स्वर्गीय उपाध्यायले संरक्षण गरेकी महिला पिङ्कु राणाको १२ भदौमा ३८ वर्षको उमेरमा निधन भएपछि उनकी छोरी झरनाले कानुनी र व्यवहारिक हक दाबी गरेकी हुन् ।
पिंकुलाई शैलेन्द्रले श्रीमतीका रुपमा राखेको भन्दै छोरी झरनाले आमाको मृत्युपछि आफूले शैलेन्द्र उपाध्यायकी छोरीको दर्जा पाउनुपर्ने माग गरेकी हुन् ।
पिंकुको निधनपछि छोरी झरनाले भदौ १९ गते विहीवार सात दिनमा सम्पूर्ण मृत्यु संस्कार पूरा गरेकी छिन् ।
झरनाले भनिन्-‘मेरो नागरिकता छैन, मैले जान्ने भएपछि उहाँ (शैलेन्द्र उपाध्याय)लाई नै बुबा भनेर चिनेकी हुँ, त्यसैले उहाँकै छोरीको नामबाट नागरिकता लिन चाहान्छु ।’
घोषित रुपमा तीन महिलासँग विवाह गरेका उपाध्यायको जीवनकालको आखिरी समयमा उनलाई पिंकुले साथ दिएकी थिइन् । उपाध्यायले सबै श्रीमतीसँग सम्बन्ध बिच्छेद गरिसकेका थिए ।
उपाध्यायको निधनपछि अत्यधीक मदिरा सेवन गरेका कारण किड्नी र लिभरको खराबीबाट पाटन अस्पतालमा पिंकुको अघिल्लो साता निधन भएको हो । झरना उनकी एक छोरी मात्र हुन् ।
‘उतिबेलै डीएनए टेष्ट गरौं भन्दा भएन, अब शैलेन्द्र पनि छैनन्, पिंकु पनि छैनन् त्यसैले बेसहरा झरनाले नागरिकता पाउनुपर्छ, पैतृक हक पाउनुपर्छ’ झरनाको संरक्षण गर्दै आएकी मञ्जु सुवेदीले भनिन् ।
तीन वर्षअघि सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा पूर्वमन्त्री उपाध्यायको आधार शिविरमै निधन भएको थियो ।
निधनअघि उपाध्याय पिङ्कुका लागि किनिदिएको स्वयंभूस्थित अजिमा हल पछाडिको घरमा बस्थे ।
उपाध्यायको निधनपछि पिंकु आर्थिक संकटमा थिइन् । अर्कातिर वियोगको पीडा पनि थियो । त्यही भएर उनी अत्यधिक मदिरा सेवन गर्ने लतमा लागेकी थिइन् । स्थानीय समाजसेवी मञ्जुले उनको दैनिक खर्च र स्वास्थ्योपचारको व्यवस्था गरेकी थिइन् ।
रोगले थलिएपछि पिंकुको उपचारमा पाँच लाखभन्दा बढी खर्च भएको मञ्जुको दाबी छ । १७ वर्षीया झरनाले कक्षा ८ सम्ममात्रै पढेकी छन् । आमाको स्वास्थ्य बिगि्रएपछि हेरचाहमा बस्नु परेका कारण आफूले पढ्न नपाएको उनले बताएकी छिन् ।
शैलेन्द्रले आफ्नो जायजेथा झरनाका नाममा शेषपछिको बकसपत्र गरेर दिए पनि पछिल्लो पटक सगरमाथा आरोहणका बेला पैसा नपुगेर बैंकमा घरजग्गा राख्ने बेला बकसपत्र रद्द भएको मञ्जुले बताइन् ।
उपाध्यायका छोरीहरु अमेरिकामा बस्ने गरेका छन् । उपाध्यायको पारिवारिक स्रोतले भने झरना सैलेन्द्रकी छोरी नभएको दाबी गरेका छन् । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget