उटा नेपाली नै नेपालीको काम आउन सक्छ । तपाँई हाम्रो सानो सहयोगले सृष्टिको जीबन रक्षाको लागी ठुलो सहयोग साबित हुनसक्छ ।
मेलवर्न,३ सेप्टेम्बर । धेरै सपना बोकेर अष्ट्रेलिया आएकी एक नेपाली युवती सृष्टि खनाल यतिबेला मेलवर्नको एक हस्पिटलमा कोमामा छिन् ।
झण्डै एक महिना अघिमात्रै अध्ययनको लागी अष्ट्रेलियाको स्विनवर्न युनिर्भसिटीमा इन्फरमेशन टेक्नोलोजी विषयको अध्ययनको लागी सृष्टि आईपुगेकी थिइन् तर उनको यात्रा शुरुहुनु अघि नै अस्पतालको आईसियुमा बन्द भएको छ । अचेत अवस्थामा रोयल मेलवर्नहस्पिटलको आईसियुमा एक नेपाली चेली निकै कठिन परिस्थितीसंग लडिरहेकी छिन । जीबन मरणको उनको लडाँईमा उनलाई साथ दिन न त उनको परिवार नै साथ छ ।
उनिसंगै अष्ट्रेलिया आएका उनका साथी द्धिजेश कोइराला नै यतिबेला सृष्टिको एकमात्र सहारा बनिरहेका छन तर भर्खरैमात्र अष्ट्रेलिया आईपुगेको यो जोडीले आयआर्जनको कुनै व्यवस्था गर्न नपाउदै सृष्टि थलिएपछि अहिले उनिहरुको बिचल्ली भएको छ । चिकित्सकले सृष्टिको अवस्था अहिले पनि सुधारउन्मुख नभएको भन्दै अझै थप परिक्षण गर्नुपर्ने बताएका छन । लामो समयदेखी अष्ट्रेलियामा समाजिक कार्यमा सक्रिय संघसंस्था र गैरआवासीय नेपाली संघ अष्ट्रेलिया लगायत संग सहयोगको अपेक्षा राख्दै सृष्टिको जीबन रक्षाका लागी पहल गरिदिन द्धिजेशले आग्रह गरेका छन ।
सहयोग गर्न चाहनेहरुले यो ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ -
Phone : Dwijesh at 0422571904
अथवा सिधै बैंक एकाउण्टमा सहयोग रकम जम्मा गरिदिन पनि सक्नुहुनेछ -
Bank name: Common wealth
Account holder Dwijesh koirala shahi and shristy khanal
Bsb no:- 063172
Ac no:/ 11118960
एउटा नेपाली नै नेपालीको काम आउन सक्छ । तपाँई हाम्रो सानो सहयोगले सृष्टिको जीबन रक्षाको लागी ठुलो सहयोग साबित हुनसक्छ ।
Post a Comment