मोडल
सहाना बज्राचार्य यतिबेला गुमनाम छिन्। टेलिभिजन प्रस्तोता सहकर्मी सुरज
गिरीसँग चितवनमा आपत्तिजनक अवस्थामा फेला परेर थप चर्चित बनेकी सहाना र
सुरजबीच एउटै संस्थामा काम गर्दा अन्तरङ्गी किसिमको सम्बन्ध गाँसिएको थियो।
सुरज ‘कल कान्तिपुर’ चलाउँथे भने सहाना नेपाली चलचित्रसम्बन्धी कार्यक्रम
‘फ्रेम टु फ्रेम’ सञ्चालन गर्थिन्। टिभी कार्यक्रम प्रस्तुतिका क्रममा यी
दुईबीच बढेको निकटता निकै गहिरिएको रहस्य त चितवनको हाइ–वेमा लाजमर्दो
अवस्थामा फेला परेपछि मात्र खुलेको थियो।
सुरज र सहानाबीचको आपत्तिजनक अवस्थाबारे सर्वत्र चर्चा भएपछि कान्तिपुरबाट निकालिएको यो जोडीमध्ये सहानाको अवस्थाचाहिँ अहिले नाजुक नै बन्न पुगेको चर्चाले बजार तातेको छ। कान्तिपुर टेलिभिजनको साखमा असर परेको कारण देखाई टेलिभिजनबाट बाहिरिएपछि सहानालाई काम दिन अन्य टेलिभिजनले आनाकानी गर्न थालेका छन्। यसबीचमा उनले अन्य केही टेलिभिजनमा पनि छिर्ने प्रयास गरेकी थिइन्, तर असफलता नै हात लाग्यो उनलाई। पहिले म्युजिक भिडियोमा अवसर दिनेहरू पनि अहिले सहानाबाट टाढिन थालेका छन्। कान्तिपुर टेलिभिजनको ब्याकिङकै कारण सहानाले बाहिर थप काम पाउने गरेको तर्क गर्न थालिएको छ।
त्यसो त नम्रता श्रेष्ठको उदाहरण दिँदै सहानालाई ‘आत्तिनुपर्दैन, हामी छौँ’ भनेर ढाडस दिनेहरूको सङ्ख्या पनि कम छैन। उनीहरूले भन्ने गरेका छन्, ‘त्यस्ती नम्रता त टिकिन् भने तिमी नटिक्नुपर्ने कारण नै छैन। आत्तिनुपर्दैन सबै ठीक हुन्छ।’ तर, सहानालाई भने कान्तिपुरजस्तो ब्राण्डबाट हात धुनुपरेकोमा बढी चिन्ता लागेको रहेछ। आफ्ना साथीभाइलाई यसो भन्दै दुःख मनाउ गर्ने गरेकी सहाना आजभोलि सार्वजनिक कार्यक्रमतिर पनि त्यति देखिन्नन्। source

Post a Comment