news and more entertainment

कोइ-कोइ बेलात पोसाक ले पनि दिन्छ धोका

सेलिबि्रटीलाई चम्काउनमा फेसनको ठूलो हात रहन्छ । ग्ल्यामर र भल्गारिटीबीचको दूरी छुट्याउने काम फेसनको पनि हो । तर त्यही फेसन कहिलेकाहींं भने बेइज्जत गर्ने हतियार पनि बन्छ । वारड्रब मालफङ्सनको सिकार यतिबेला बि्रट्नी स्पेयर्स भएकी छन् । हुन त यी पप गायिका प्रायः पोसाकको लवाइ बिग्रेर कन्ट्रोभर्सीमा आइरहन्छिन् । हालै लस भेगासको एक परर्फमेन्समा गायिकाको पोसाक चाहिनेभन्दा ज्यादा खुल्दा समस्या आइपर्‍यो । 

स्टेजमा दमदार नाचिरहेकी बि्रट्नीको पोसाक त्यसबेला खुस्कियो, जब उनी घुमिन् । जिप खुस्कियो र दर्शकले उनको ढाडलाई खुल्लै पाए । तर बि्रट्नी हतास भने भइनन् । पुनः खुस्केको जिपलाई साइड डान्सरको मद्दतले लगाइन् र डान्स कन्टिन्यु नै गरिन् । घटना शनिबारको हो । 'सर्कस' गीत पर्फम गर्न  उनी शनिबार लस भेगास थिइन् । घटना आयोजकले गुपचुप राख्न खोजेका भए पनि पmयानले खिचेको भिडियो कारण छताछुल्ला भयो । फ्यानले आफ्नो इन्स्टाग्राम सञ्जालबाट गायिकाको जिम खुस्कँदाको भिडियो लिक गरिदिएका हुन् ।

यस्तो वारड्रब मालफङ्सनको सिकार बन्ने बि्रट्नी एक्ली भने होइनन् । यस्तो अपि्रय घटना बेहोर्नेमा सलमा हायक, मिरान्डा केर, लिन्ड्से लोहान, निक्की मिनाज, क्रिस्टिना मिलान, जेनिफर लोपेज, एम्मा वाट्ससन, पेनेलोप क्रुज, लेडी गागा, क्याटी पेरी, जेनिफर गार्नर जस्ता सेलिबि्रटी रहेका छन् । त्यसमा पनि बि्रट्नी सबैभन्दा बढी पोसाकबाट शरीरका संवेदनशील भाग देखिनेमा पर्छिन् भने त्यसपछि लिन्ड्से लोहान र लेडी गागा पनि अस्तव्यस्त पोसाकका कारण समस्या भोग्नेमा अग्रपंक्तिमा आउँछन् । प्रायः भित्री वस्त्र नलगाउने कारणले गर्दा पनि सेलिबि्रटीलाई प्राइभेसी जोगाउन हम्मेहम्मे पर्ने गरेको हो  भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget