बलिउड अभिनेत्री प्रीति जिन्टाले पूर्वप्रेमि नेस बाडियामाथि लगाएको यौन दुर्ब्यवहारको आरोप झुटो सावित भएको छ।
व्यवसायीसमेत रहेका उनका पूर्वप्रमीविरूद्ध लगाएको मुद्धामा साक्षीको रहेका ४ जनाले आफूले त्यस्तो कुनै गतिविधि नदेखको बताएपछि झुठो सावित भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।गत ३० मेमा भएको आइपिएल भइरहेको समयमा रंगशालामै आफूमाथि नेस बाडियाले यौन दुर्ब्यवहार गरेको भन्दै प्रितीले प्रहरीमा उजुरी दिएकी थिइन्।
सोही दिन खेल हेर्न रंगशालामा उपस्थित रुस्तम लायर, उनकी पत्नि गिया लायर, उद्योपति निकोलस चेन र सुमित्रा श्रीवास्तसहितका साक्षीले प्रहरी कार्यालयमा दिएको बयानका क्रममा आफूले त्यस्तो केही नदेखेको बताएका हुन्।
उनीहरुले प्रीति र बाडीयाबीच कुराकानी भएको देखेपनि त्यस्तो कुनै घटना नभएको र उनीहरुले सँगैबसेर पुरै खेल हेरेको समेत बयान दिएका छन्।
४ जना साक्षीले नै प्रीतिको भनाइसँग सहमति जनाउँदै निकोलशले प्रीतिको हातसमेत छोएको नदेखेको बताएका छन्।
यसअघि प्रीतिले आफूमाथि खुल्लम खुल्ला रूपमा यौन दुर्ब्यवहार हुँदा पनि कसैले सहयोग नगरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।
Post a Comment