उनले ताज नारीको शोभा भएको बताउँदै आफूले अब झनै ठूलो दायित्व बोकेको र यसलाई पुरा गरेर देखाउने अनलाइनखबरलाई बताइन् । अन्य यूवती भन्दा फरक रहेको दाबी पनि उनको थियो । उनले आफूलाई अन्य विजेता यूवती जसरी नहेरिदिन आग्रह गरिन् । ‘म समाजसेवा गर्न चाहन्छु र मेरो स्वार्थ नै यसमा लुेकेको छ । यसले मलाई सन्तुष्टी दिन्छ । अब मैले एउटा परिचय पाएको छु । यही परिचयले मेरो दायरा फराकिलो बनाएको छ’-रोमीले भनिन् । सुन्दरताको बिषयमा पनि उनको आफ्नो वुझाई छ । भारतीय सिरियलकी चर्चित कलाकार रश्मी देसाई जस्तो अनुहार भएकाले पनि उनलाई धेरै ठाउँमा अप्ठ्यारो परेको छ । रोमीले भनिन्-’ म कसैलाई राम्री लाग्न सक्छु त कतिलाई नराम्रो पनि । हात काटेर रगतले पत्र लेख्ने केटाहरु पनि आए त कतिपय मलाई मन नपराउने केटा पनि थिए ।’ तर उनी भने आफू भन्दा केही पाको उमेरको केटासँग संगत गर्न बढी रुचाउँछिन् । नेपाली सिनेमा खेल्ने चाहना भएकी यी सुन्दरी आफ्नो दायरा भने नकटाउँने बताउँछिन् । ‘चलचित्रको पर्दामा मेरो परिवार, साथीभाई, आफन्तले हेर्न मिल्ने दृश्य मात्र दिन्छु । यसको दायरा कटाउँदिन’-रोमिले भनिन् । यूवकको बिषयमा उनको मनमा ह्यान्डसम भन्दा पनि ड्रक्समा फसेकाहरुको चिन्ता बढी जाग्छ । मानिस यस्तो कुलतमा समय किन खेरा फाल्छ, किन मानिसलाई यसमा फस्ने समय हुन्छ, रोमी यस्तै सोच्ने गर्छिन् । बोली निक्कै फरासिलो भएकी र बारम्बार मुस्काउँने उनको क्षमताले गर्दा नै मानिसलाई आकर्षण गर्न सक्ने खुवी भएकी रोमी सुनाउँछिन्-’अब मलाई सबैले सहयोग र साथ दिनुहुनेछ भन्ने लागेको छ । म एक मिनेट समय पनि खेरा फाल्न चाहन्न । समाजसेवा र आफ्नो पढाई अनी करिअरमा समय छुट्टयाउन सक्छु ।’ सानैबाट आफू भन्दा ठूला मानिससँग संगत भएकाले पनि उनी केही क्रियटिभ बनिन् । यसैले आफ्नो उमेरका यूवाहरुले प्रेम प्रस्ताव नराख्दा पनि हुने धारणा उनको छ । उनको पनि मन छ, माया पलाउने मुटु छ । आफू भन्दा केही बढी उमेरको र काम गर्न रुचाउँने यूवक जीवनसाथी बनोस् भन्ने चाहना रोमीमा देखियो । उनको वुझाइमा ग्ल्यामर र भल्गर पहिरनमा मात्र हुँदैन । समय, स्थान र परिस्थितीले मानिसलाई भल्गर र ग्ल्यामर बनाउँछ । यतिमात्र होइन, मानिसको बोली, व्यवहार पनि भल्गर र ग्ल्यामर हुन्छ । उनले आफ्नो क्षमतामाथि विश्वास लाग्ने भएकाले नै अगाडि बढ्न सक्छु भन्ने ठान्छिन् । रोमीको चाहना छ, समय खेरा नफालौ, काम गरौ । रोमीले अनलाइनखबरसँग आफ्नो करिअर र चाहनाको बिषयमा गरेको कुराकानी यस्तो छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment