news and more entertainment

आफ्नै प्रेमी र भिनाजुद्धारा बलात्कृत भए पछी सुसाइट नोट सहित किशोरी मृत फेला

नयाँ दिल्ली, एजेन्सी । भारतमा एक किशोरीले झुन्डिएर आत्महत्या गरेकी छिन् । उनले झुन्डिनुको कारण पनि सुसाइट नोटमा लेखेर छोडेकी छिन् । उनले सुसाइट नोटमा आफ्नो प्रेमी र भिनाजुमाथि बलात्कारको आरोप लगाएकी छिन् । उनीले पङ्खामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । पुलिसले आरोपी दुबैजनालाई बलात्कार र आत्महत्या गर्न बाध्य बनाएको आरोपमा पक्राउ गरेको छ र उचित छानविन पनि अघि बढाएको बताएको छ ।
पुलिसका अनुसार, १७ वर्षीया मृत बालिका आफ्नो परिवारसँग बस्ने गर्दथिन् र उनी एउटा कलेजमा बि।कम प्रथम वर्षमा अध्ययन गर्दथिन् । किशोरीले लेखेको सुसाइड नोटका अनुसार उनीसँग दुईपटक बलात्कार भएको थियो । सन् २०१२ मा उनको पहिलो बलात्कार त्यतिबेला भयो जब उनी आफ्नी दिदीको विवाहको लागि युपी गएकी थिइन् । दिदीको विवाह हुने ठिक एकदिन अगाडि उनलाई हुन लागेका भिनाजुले बलात्कार गरेका थिए ।
त्यति बेला उनी १४ वर्षको थिइन् र दिदीको घरबार टुट्ने डरले उनले यो कुरा घरका कुनै पनि सदस्यलाई नबताएको उनले चिट्ठीमा उल्लेख गरेकी छिन् । यतिमात्र नभई, उनीमाथि अर्को एक बलात्कार पनि भएको थियो । उनको सुसाइड नोटका अनुसार कलेजमा पढ्दै गर्दा उनको एकजना प्रेमी बने ।
ती प्रेमीले उनलाई विवाहको प्रलोभन देखाई उनीसँग बलात्कार गरे जसका कारण उनी निकै दुखी भएको र यस्तो कदम उठाउन बाध्य भएको बताएकी छिन् । चिट्ठीको आधारमा पुलिसले ती किशोरीको प्रेमी र भिनाजुलाई पक्राउ गरेको छ । घटनाका कारण किशोरीको परिवार निकै विक्षिप्त भएका छन् ।
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget