सलमान हरेक दिन व्यायाम गर्छन् । व्यायाम करिब दुई घन्टासम्म जारी रहन्छ । व्यायाम नसकिउन्जेल उनी कसैलाई भेट्दैनन् ।
व्यायाम गर्दा ट्राइसेप, लेग, ब्याक र बाइसेपका मांसपेशी चलायमान हुन् भन्नेमा उनी चनाखो बन्ने गर्छन् ।
हरेक दिन करिब पाँच सयपटक उनी सेट–अप्स, पुल–अप्स र चिन–अप्स गर्छन् ।
व्यायामसँगै उनी जगिङ पनि गर्छन् । बाहै्रमास उनी जगिङ गर्छन् । झरी, जाडो केहीले पनि उनलाई जगिङ गर्नबाट रोक्न सक्दैन ।
जगिङ अपुग भएजस्तो लाग्यो भने उनी साइकल कुदाउँछन् । कहिलेकाहीँ उनी १० किलोमिटरसम्म साइकल यात्रा गर्छन् ।
उनी जंक फुड कहिल्यै खाँदैनन् ।
उनको डेली डाइट अत्यन्त सन्तुलित हुन्छ । मासु, फलफूल र हरियो सागसब्जी खान उनी कहिल्यै छुटाउँदैनन् ।
मिठाईको स्वादले लोभ्याउने गरे पनि सलमान गुलियो चिज भरिसक्के खाँदैनन् । बढी गुलियो चिज फिटनेसका लागि राम्रो होइन भन्ने उनको मान्यता छ ।
आफ्नो खान्कीमा प्रोटिन बढीभन्दा बढी पाइने परिकार परोस् भनेर उनले भान्सेलाई सूचित गर्ने गरेका छन् । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment