news and more entertainment

अञ्जु पन्तको अबको बाटो

गायीका अञ्जु पन्तले दसैं संस्कृती झल्काउने गीत गाउन अस्वीकार गरेको विषयले यतिबेला बजार तातिरहेको छ । सामाजिक सञ्जालमा हिन्दु समुदायबाट विरोधका स्वर उर्लिएको छ । केही कट्टर हिन्दुवादी संस्थाले त उनका गीतमाथि नै प्रतिबन्ध लगाउनुपर्ने माग पनि गरिरहेका छन् । यसबीच गायिका अञ्जुले कुनै धर्मको अपमान गर्ने आफ्नो मनसाय नरहेको भन्दै हस्तलिखित विज्ञप्तीमार्फत क्षमा पनि मागिसकेकी छन् । हिन्दु धर्मको एउटा मुल मान्यता ‘क्षमा नै धर्म’ भएकाले हिन्दु दर्शनमा विश्वास राख्नेहरुले उनलाई क्षमा दिनु हिन्दु धर्म अनुकुलकै व्यवहार ठहरिनेछ । मिडियाले पनि उनलाई अब अनावश्यक रुपमा खेदीरहनु न्यायोचित हुँदैन ।
हो, यसले केही प्रश्न भने अवश्य खडा गरेको छ । कलाकारको सामाजिक भूमिका र दायित्व कस्तो हुनुपर्छ ? राजनीतिक र धार्मिक रुपमा कलाकार पुर्वाग्रही हुनुहुन्छ की हुदैन ? भन्ने प्रश्न पनि खडा भएको छ । कुनै कलाकार जब राष्ट्रकै भइसकेको हुन्छ भने उसले कुनै निश्चित धर्मको अनुयायी भएर अर्को धर्मप्रति असहिष्णु व्यवहार गर्न पक्कै हुदैन । गायिका अञ्जु पन्तले सयौं गीत गाउने क्रममा हिन्दु धर्म संस्कृतीमा आधारीत गीत पनि गाएकी छन् । हिन्दु नारीले मनाउने तीजका अवसरमा हरेक वर्ष अञ्जुले गाएको तीजको गित हामीले देखे सुनेकै हो । उनले ‘देउता’ शब्द भएका गीत पनि त गाएकी छन् । अतः गायिका पन्त हिन्दु धर्मप्रति कुनै अतिवादी कट्टर गैर हिन्दू झैं असहिष्णु नहुनु पर्ने हो ।
हरेक नागरिकलाई आफुले चाहेको धर्म मान्ने अधिकार छ । नेपाल धर्म निरपेक्ष राष्ट्र बनेपछि अब राज्यले कुनै निश्चित धर्मलाई मात्र पृष्ठपोषण गर्ने अवस्था रहेन । हरेक धर्म मान्ने समुदायप्रति कानूनतः राज्यको समान व्यवहार छ । यद्यपी, समाज धर्मले मात्र बाँडिएको हुँदैन । जाती, भाषा, संस्कृतीका साथै आर्थिक रुपमा पनि वर्गहरु बाँडिएका हुन्छन् । धर्म निरपेक्षताको आडमा गरिब देशका निरक्षर र विपन्न जनतालाई ललाई–फकाई विभिन्न प्रलोभनमा पारेर धर्म परिवर्तन गर्नु गराउनु पनि आफैंमा अधार्मिक कृत्य हो । राजधानीको नन्दी रात्रि माबीमा पढेकी गायिका अञ्जु जन्मले क्रिश्चियन बनेकी पक्कै हैनन् होला । पन्त खलकहरु त हिन्दु नै हुन् । प्रश्न उठ्छ, अञ्जुलाई क्रिश्चियन कसले बनायो ? हिन्दु धर्मका अनेक विकृती, मनुस्मृतीका महिला बिरोधी मान्यता र यसका अनेक धार्मिक पाखण्ड देखेर स्वविवेकले उनी क्रिश्चियन बनेकी हुन या देशकी एउटी होनाहार गायिकामार्फत क्रिश्चियन धर्म प्रचारको उद्देश्यले मेनिनरीले योजनाबद्ध ढंगले उनलाई क्रिश्चियन बनायो ? त्यो अञ्जुलाई मात्र थाहा हुने कुरा भयो ।
Anju_Panta_mero_nepalहाम्रा लागि अञ्जु एक राष्ट्रिय कलाकार हुन् । देशकी धरोहर हुन् । देशकी गहना हुन् । चाँदी र सुनको हैन, हिराकै गहना हुन् । नेपाली सँगीत आकाशमा उडिरहेकी सुन्दर परी हुन् । स्वरकी लैबरी हुन् । अञ्जु हिन्दु, मुश्लिम, क्रिश्चीयन, जैन, बौद्ध हरेक धर्म मान्ने श्रोताकी दिलकी रानी हुन् । आँखाकी नानी हुन् । सुरकी खानी हुन् । त्यसैले अञ्जुले धार्मिक सीमाभन्दा माथि उठनुपर्छ ।
जसरी सँगीत आफैमा विराट विधा हो र त्यो कुनै धर्ममा बाँधिदैन, त्यसैगरी कलाकार पनि सबैका साझा सम्पदा हुन् । संगीतको माध्यमबाट व्यक्त गरिने भाव फरक होला्, तर सँगीतको झंकार विश्व सम्पदा हो । संगीतलाई अन्र्तराष्ट्रिय भाषा भनिनुको कारण पनि यसको व्यापक र विराट पहिचानकै कारण हो । प्राण बायु अक्सीजनकै कुरा गरौं न । त्यो अक्सीजन कुनै धर्मको हैन । त्यसले सवै धर्मका मानिसलाई जिवित राखिराखेको छ । संगीत पनि अक्सिजन जस्तै ब्रम्हाण्डीय सम्पदा हो । त्यसैले सँगीतको साधना गर्नेहरुले ब्रम्हाण्डीय सोच राख्नुपर्छ । विराट सोच राख्नुपर्छ । कुनै निश्चित धर्मको बन्धनमा बाँधिने हैन, बरु सबै धर्मको एउटै सारलाई पकडनुपर्छ । अञ्जु पन्तले हिन्दु, मुस्लिम, क्रिश्चियन, शिख, जैन, बौद्ध सबै धर्मको गित गाएर सबैको वाहवाही पाउने भूमिका निर्वाह गर्नुपर्छ ।
म यहाँनेर एउटा पुरानो सन्दर्भ स्मरण गर्न चाहन्छु । म त्यसबेला दश वर्षको हुँदो हुँ । भैरहवामा हामी बसेको घरकै छेउमा एकजना हिन्दी गीतका फ्यान दाजु बस्थे । उनी क्यासेट प्लेयरमा हरेक विहान एउटा गीत खुबै घन्काउँथे । हिन्दी चलचित्र ‘बैजु बावरा’को ‘मन तड्पत हरी दर्शनको’ बोलको गीत नियमित गुञ्जदा मलाई पनि कण्ठ भइसकेको थियो । अली जान्ने भएपछि थाहा भो, त्यो गीत मुसलमान गायक मोहमद रफी साहबले गाएका रहेछन् ।
चलचित्रमा महान गायक तानसेनलाई पनि हराउने जनताका गायक बैजुले त्यही गीत गाएर पक्षघातग्रस्त आफ्ना गुरु स्वामी हरीदासलाई ब्युताइदिएको दृश्य छ । कालान्तरमा जव मैले गुरु विष्णु श्रेष्ठसँग राग मालकोसका बारेमा केही जिज्ञासा राखें, तब गुरुले भने, ‘मन तडपत हरी दर्शनको गित सुन्नु, त्यो राग मालकोसमा आधारीत छ ।’ हिन्दुहरुको भक्ती गीत गाएर कसरी मोहमद रफीले हिन्दु समुदायको पनि मन जिते भन्नेबारे गुरुजीले मलाई बताएका थिए ।
सन् १९५० मा चलचित्र ‘सँगीता’का लागि ‘हुक्के मे धुआँ’ बोलको गीत गाउन रफी साहबले अस्वीकार गरे । उनले भनेका थिए, ‘अहिले रमजान चलिरहेको छ र म आफ्नो वाणीमा भाँग, हुक्का, धुवाँजस्ता शब्द उच्चारण गर्न चाहन्न ।’ आफ्नो धर्मप्रति रफीको यस्तो सम्मान थियो भने उनी अरुको धर्मलाई पनि उत्तिकै सम्मान गर्थे भन्ने प्रमाण ‘मत तडपत हरी दर्शनको’ गाउनुबाट स्पष्ट हुन्छ । कहाँसम्म भने चलचित्र ‘धुल का फूल’मा साहिर लुधियानवीको चर्चित गीत मोहमद रफीले नै गाएका थिए । गीतमा भनीएको थियो:
‘तु हिन्दु बनेगा न मुसमान बनेगा
इंसान की औलाद है इंसान बनेगा’
मुसलमान लेखक डा. राही मासमु रजाले हिन्दी धारावाहीक ‘महाभारत’कै पटकथा लेखेर ख्याती कमाए । एक मुसलमान भएर महाभारतको पटकथा किन लेखेको ? भनेर कुनै पत्रकारले प्रश्न गर्दा रजाले भनेका थिए, ‘म पहिले हिन्दुस्तानी हुँ र अनी मात्र मुसलमान हुँ । महाभारत हरेक हिन्दुस्तानीको खजाना हो । र, त्यसमा जुनसुकै धर्म मान्ने हिन्दुस्तानीको समान हक छ ।’ रजाले महाभारतको पटकथा लेखिरहँदा अतिवादी हिन्दुहरु पेटमा त्रिसुल घोचीदिने धम्की दिन्थे । उता, मोहम्द अली रोडबाट पनि मुसलमानबाट त्यस्तै धम्की आउँथ्यो । जव महाभारत चल्यो, सवैले प्रशंसा गरे । दिल्लीमा एक पटक राजिव गान्धीसँगको भेटमा रजाले यहाँसम्म भनेका रहेछन्, ‘यदि तपाई मेरो ज्यानको जिम्मा लिनुहुन्छ भने म अर्को गिता लेखिदिनसक्छु ।’
रजाले भने झैं जसरी महाभारत हिन्दुस्तानीहरुको साझा सम्पदा हो, त्यसैगरी दसैं पनि नेपालीको एउटा साझा पर्व भइसकेको छ । हिन्दुहरुले देवीको पुजा गर्छन्, टिका लाउँछन्, खसी काट्छन् । त्यो अवसरमा अन्य धर्म मान्नेहरु पनि त रमाउँछन् । यो यस्तो युग हो, जहाँ रमाउन कुनै न कुनै बहाना भए पुग्छ । नाग पञ्चमी, जनै पुर्णीमा, तिज, गौरा पर्व, इन्द्रजात्रा, दशैं, तिहार, छठ, बकर इद, माघी, फागु पूर्णीमा, होली, उधौली, उभौली, साकेला, ल्होसार,रमाजान, चैते दशैं, वैशाख पुर्णिमा, क्रिसमस, जितिया, आदि सबै पर्वहरु नेपाली जनका पर्वहरु हुन् । यी सबै हाम्रा राष्ट्रिय परम्परा र पहिचान हुन् । हाम्रा राष्ट्रिय सम्पदा हुन् ।
- See more at: http://www.ratopati.com/2014/09/08/165607.html#sthash.xww3cwg6.yyKIDaaI.dpufभिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget