द इन्स्टीच्युट अफ सेक्सोलोजीले आफ्नो ढोका सर्वसाधारणको लागि खुल्ला गरेको छ । उक्त संस्थाले एउटा कार्यक्रमको आयोजना गर्ने भएको छ जसमा सेक्स टोइ, कामुक पेन्टिङ, मेडिकल सम्बन्धि वस्तुहरु, फिल्म, प्रिन्ट्स र फोटोहरु प्रदर्शनमा राख्ने भएको छ ।इन्स्टीच्युटले एक वर्षका लागि ‘वेलकम कलेक्सन’ लाई प्रदर्शित गर्नेछ । यो कार्यक्रमको दौरान दुई सयभन्दा बढि वस्तुहरुको प्रदर्शन गर्ने बताइएको छ । ब्रिटेनमा आयोजना गरिने यो प्रदर्शन यस्तो प्रदर्शन हो जसमा पहिलोपटक सेक्सको अध्ययनमा जोडिएका पथ प्रदर्शकहरुलाई एकै ठाउँमा ल्याइनेछ ।
वर्षको अन्तमा ब्रिटेनमा आयोजना हुने यो प्रदर्शनीको विषय सेक्स रहनेछ । लण्डनमा आयोजित हुने ‘वेलकम कलेक्सन’ को विस्तारका लागि एक करोड ७५ पाउण्ड खर्च हुने बताइएको छ । यसमा प्रमुख सेक्सोलोजिष्ट जस्तै सिग्मण्ड फ्रायड, म्यारी स्टप्स र अल्फ्रेड किन्स्कीजस्ता हस्तीहरुको परिक्षण र अध्ययनहरुको जानकारी दिइन्छ । यसमा समोआको गहनादेखि सेक्स मेसिनसम्मको कुराहरु बताइनेछ ।
संस्थानका क्यूरेटर्सका अनुसार यो कार्यक्रमको क्रममा सजिव कार्यक्रम, परिचर्चा र प्रदर्शन कलाको प्रदर्शन गरिने छ ।
एक क्यूटर केट फोर्ड भन्छन्, ‘यो कार्यक्रमको मूल उद्देश्य भनेको मानिसहरुको सेक्सप्रतिको धारणालाई परिवर्तन गर्नु हो । मानिसहरुले सेक्सलाई कसरी लिन्छन् र उनीहरुको यौन पहिचान के हो भन्ने विषयमा पनि यो कार्यक्रममा बताइन्छ । ’
वेलकम ट्रस्ट एउटा च्यारिटेबल फाउन्डेसन हो जसको उद्देश्य मानव र अन्य जीवहरुको स्वास्थ्यमा निरन्तर सुधार हाँसिल गर्नु हो । (एजेन्सी)
भिडियो हेर्न तल क्लिक गर्नुहोस
Post a Comment