२७ पुगेको हो।सुरुमा इजरायलले गाजामा हवाई आक्रमण मात्र गरेकोमा पछिल्ला केही दिनयता स्थलगत कारबाही पनि सुरु गरेका कारण इजरायलका सैनिक मारिएका हुन्।
सोमबार साँझमात्र गाजामा दुई इजरायली सैनिक मारिएका छन्। इजराय बिफेन्स फोर्स्का दुई सैनिकको ज्यान गएपछि गाजामा मारिने सैनिकको सङ्ख्या २७ पुगेको इजरायलको सैनिकले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।इजरायली सैनिकले सुरु गरेको अप्रेसन प्रोटेक्टिभ एज नामको कारबाहीका क्रममा ती सैनिक मारिएका अधिकारीहरुले जानकारी दिएका छन्।
गाजामा ५७६ जना प्यालेस्टाइनी मारिएका छन्। सो समाचार सोमबारसम्मको रहेको बताइएको छ। त्यसैगरी मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण भएको बताइएको छ। तर त्यसको यकिन विवरण भने आउन सकेको छैन।
गाजाबाट कम्तीमा पनि एक लाख नागरिक विस्थापित भएका छन् । उनीहरुलाई प्यालेस्टाइनका करिब ७० वटा विद्यालयमा शरणार्थीका रुपमा राखिएको छ।इजरायलले गरेको सो आक्रमणमा परी केही इजरायली नागरिक पनि मारिएका छन्। तर उनीहरुका बारेमा भने केही बताइएको छैन।
उता संयुक्त राष्ट्रसंघले तत्कालै युद्ध विरामका लागि इजरायलसँग सोमबार बिहान गरेको आग्रहपछि पनि इजरायलका तर्फबाट भने केही प्रतिक्रिया आएको छैन ।गएको १५ दिनदेखि इजरायलको आक्रमणमा परी गाजामा नागरिक हताहतिको सङ्ख्या बढ्दै गएपछि राष्ट्रसङ्घीय सुरक्षा परिष्दले तत्कालै युद्धविरामका लागि आग्रह गरेको हो।
सोमबार एक विज्ञप्ति प्रकाशन गरी राष्ट्रसंघ र अमेरिकाले सो आग्रह गरेलगत्तै सोमबारै बिहानदेखि इजरायलले गाजापट्टिमा आक्रमण सुरु गरेको थियो। अमेरिकी विदेशमन्त्री जोन केरी इजिप्टका साथै मध्यपूर्वी राष्ट्रका नेताहरुसँग सो हिंसाको अन्त्यका उपायहरुको खोजी गर्न सोमबार इजिप्ट पुग्नुभएको छ।
गत १५ दिनयता भएका ती आक्रमणहरुमा तीन हजारभन्दा बढी प्यालेस्टाइनी घाइते भएका छन्। ती मध्ये अधिकांश गम्भीर घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ। रासस/एएफपी
annapurnapost बाट
Post a Comment