काठमाडौं । आधुनिक गीत गाएर सबैलाई आफूतिर तान्न सफल भएकी गायिका अन्जु पन्त अहिले विवादको घेरामा तानिएकी छन् ।
हिन्दूवादी शब्द जोडिएकै कारण गीत गाउँदिन भन्ने जवाफ दिएको समाचार बाहिर आएपछि उनको चौतर्फी आलोचना समेत भयो । सबैले आलोचना गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा हस्तलिखित पत्र लेखेरै माफी मागिन् ।
अहिले उनले आफूले स्वास्थ्यका कारण गाउन नसकेको र हिन्दूलाई अपमान नगरेको दावी गर्दै आएकी छन् । तर यति भन्दा पनि उनको आलोचना हुने क्रम भने रोकिएको छैन ।
आइतबारमात्र कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले उनलाई कमजोर बुझाई भन्दै आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कसैले म नेपालमा बस्न सक्दिन किनकी यहाँ मन्दिरै मन्दिर छन् भने पनि केही गर्न नसक्ने भन्दै कटाक्ष गरेका छन् ।
उनले लाखौ क्षमतावान युवाहरु बिदेशिदा समेत टुलु टुलु हेर्नुपरेको भन्दै बताउँदै आफ्नो समाज र संस्कृति नबुझेका ठूला दुकानमा राखिएका मानव आकृतिका गुडिया भएको टिप्पणी समेत गरेका छन् ।
- See more at: http://www.nepalsandesh.com/2014/09/07/102985#sthash.Yj3lf2b2.J8sYosio.dpuf भिडियो हेर्न तल क्लिक
Post a Comment