काठमाडौं । कोहिनुर जोडी श्रीकृष्ण श्रेष्ठका निधन भएको एक महिना पुग्न लाग्दा समेत उनकी जीवन संगीनी नायिका स्वेता खड्काको मनमा पुगेको चोटमा अझै खाटा बस्न सकेको छैन ।
नायक श्रेष्ठको निधनपछि लामो समय मौन रहेकी नायिका खड्काले अहिले भने आफ्नो बह सामाजिक सञ्जाल फेसबुकमार्फत निरन्तर पोखिरहेकी छन् ।
उनले श्रीकृष्णको सम्झनामा आइतबारमात्र फेसबुकमा यस्तो कविता पोष्ट गरिन् :
दुखी दुखी थोत्रो जीवन बाँची राकी छु
दुखी दुखी थोत्रो जीवन बाँची राकी छु
लुकाई दुस्ख बहिरी हाँसो हाँसी राकी छु।
तिम्रो यादले सताउँदा आज,पागल बनेर
नाटकीय दुनियाँमा अझै नाँची राकी छु
बिलाई गयौ उडितिमीफेरी कहिले न आउने गरी
तिम्रो तस्बिर अझै मनमा टाँसी राकी छु।
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment