पुलिसका अनुसार मोहम्मद असिम मोहम्मद आरिफले दिर्ता गरेको रिटको आधारमा सलमानमाथि धार्मिक भावनालाई ठेस पुर्याएको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।
आरिफका अनुसार सलमानले एनजीओ बिइगं ह्यूमनले भर्खरै मुम्बईमा आयोजना गरेको एक फेसन सोमा एक मोडलले र्याम्पमा हिँड्दा लगाएको टिसर्टमा अरबी भाषामा लेखिएको शब्दले मुस्लिम समुदायको भावनालाई चोट पुर्याएको बताएका छन् ।
अनुसन्धानका अधिकारी दिलिप चौहानले आरोपको पुष्टि भएको र अनुसन्धान जारी रहेको जानकारी दिए । (एजेन्सी)
Post a Comment