news and more entertainment

फिल्ममा आएपछि किन नाम फेर्छन कलाकारहरु !!

अभिनेत्री कमला पन्त भनेर भन्यो भने नेपाली फिल्मका दर्शक अलमल्ल पर्नु स्वभाविक हो । किनभने यो नामको अभिनेत्री भएको कुनै फिल्म हेर्न पाइएको छैन । तर गरिमा पन्त भन्नेबित्तिकै नेपाली फिल्मका दर्शकले चिनिहाल्छन् । गरिमाको खास नाम कमला हो । त्यस्तै अभिनेत्री नन्दिता केसीको असली नाम पनि अर्कै छ– शोभा केसी ।

 चकलेटी हिरोको रुपमा चर्चित आर्यन सिग्देलको हरिश हो । रेखा फिल्म्सको ‘किस्मत’बाट ठूलो पर्दाको अभिनयमा आएका उनले अभिनेत्री रेखा थापाको सल्लाहमा आर्यन नाम राखेका हुन् ।

एक समय हिट बनेका अभिनेता निखिल उप्रेतीको खास नाम दिनेश उप्रेती हो । अभिनेता पवन मैनालीले आफ्नो फिल्म पिँजडामा निखिललाई ‘ब्रेक’मात्रै दिएनन्, नाम पनि परिवर्तन गरिदिए । त्यस्तै अभिनेता विराज भट्टको खास नाम भोजराज हो । त्यस्तै अभिनेता शिव श्रेष्ठको पूरा नाम शिवसुन्दर श्रेष्ठ हो । अभिनेत्री उषा पौडेलको वास्तविक नाम रुक्मिणीकुमारी पौडेल हो ।

त्यस्तै युना उप्रेतिको नाम यमुना हो भने जिया केसीको नाम जानकी हो । दुवैको नाम निर्देशक दिपक श्रेष्ठले जुराइदिएका हुन् । श्रेष्ठले अनु ढकाललाई अनुष्का ढकाल र शारदा पोखरेललाई सिमरन पोखरेल बनाइदिएका छन् । ‘हिफाजत’ फिल्मबाट रजतपटमा उदाएका गोपाल रिजाललाई रेखा थापाले आयुष रिजाल बनाइदिइन् ।
यसै गरी अभिनेता रमित ढुंगानाको वास्तविक नाम राधेश्याम ढुंगाना हो । उनका दाइ अभिनेता तथा निर्माता अमित ढुंगानाको खास नाम आत्माराम हो ।

अभिनेता तथा निर्माता नवल खड्काको वास्तविक नाम नवराज हो । निर्देशक नवल नेपालको नाम भद्रकाली नेपाल हो भने निर्देशक योगेश घिमिरेको नाम टीकाराम हो ।

अभिनेता सौरभ कार्कीको असली नाम प्रेम हो । नायिका सोनिया केसीको वास्तविक नाम संगिता हो । मेलिना मानन्धरको पनि खास नाम अर्कै छ–सुनिता ।

गायकबाट नायक बनेका सुरेश परियार यशकुमारका रूपमा स्थापित छन् । सुमिना घिमिरेको खास नामचाहिं मीना हो । निर्देशक देशभक्त खनालको नाम गणेशप्रसाद खनाल हो । अभिनेत्री पूजना स्त्रीको असली नाम पूजा गुरुङ हो । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget