news and more entertainment

नेपाली कामदारको शव साउदीमा अलपत्र

नेपालगन्ज, भाद्र १७ - मानबहादुर पुनले बैंकबाट ऋण लिएर ट्याक्टर किनेका थिए । उनी ट्याक्टर चलाउथे र बैंकको किस्ता तिर्थे । दलालले धेरै तलब आउने गरी डोजर चालकको काम लगाइदिने भनेपछि गत वर्ष उनी साउदी अरब गए । तर उनलाई सामान्य मजदुरीको काममा लगाइयो । डेढ महिना अघि सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको उनको परिवार अहिले उनको शव नेपाल झिकाउन हारगुहार गर्दैछन् ।

बर्दिया सोरहवा-२ स्थित जगतपुरका २८ वर्षीय पुन गत साउन ३ गते विवान कोठामा मृत भेटिएका थिए । अघिल्लो दिन कामबाट फर्किएर सुतेका उनी संसारबाट बिदा भए । मर्माहत पत्नी विष्णुमाया शव स्वदेश झिकाउन मेनपावर कम्पनी र दलालकहाँ धाइरहेकी छन् । कहाँ जाने, कोसँग सम्र्पक गर्ने साधारण लेखपढकी उनलाई थाहा छैन । डेढ महिनादेखि रुँदै हिडेकी २८ वर्षीया विष्णुमायाले भन्छिन, 'जिवितै ल्याउन त सकिएन । शव ल्याउन समेत आफ्नो मान्छे हुनुपर्दो रहेछ ।'  Bishnumaya

मृत्यु हुनु अघिल्लो साँझ साढे ४ बजेतिर मानबहादुरले घरमा फोन गरेर बिरामी परेकी छोरीको स्वास्थ्य अवस्था सोधेका थिए । भोलि फेरि कुरा गर्ने भन्दै फोन राखेका पुनले अब कहिल्यै फोन गर्ने छैनन् ।

घटनाको दुई दिनपछि नै पतिको शव झिकाउन विभिन्न निकाय धाएकी विष्णुमायालाईसाउदी अरब पठाउने रेपिड इन्टरनेशनल प्रालिका कर्ण वलीले एकदेखि डेढ महिनाभित्र शव घर पुर्‍याइदिने बचन दिएका थिए । तर, डेढ महिना पुग्दा पनि शव ल्याउने कुनै सुरसार नभएपछि विष्णुमाया थप चिन्तित भएकी छन् ।

पतिलाई साउदी जान दिएकोमा विष्णुमायालाई अहिले पछुतो लाग्छ । उनीहरुले ऋण लिएर ट्याक्टर किनेका थिए । उनी आफै ट्याक्टर चलाउथे, बैकको किस्ता तिर्थे । दलालले डोजर चालकको काम दिलाउने भनेर साउदी लगेर सामान्य लेबरको काम लगाएको बिष्णुमाया बताउँछिन् ।

गत बर्ष पुसमा साउदी गएका मानबहादुरको घरमा ७० वर्षीय बुवा खिमबहादुर र ६५ वर्षीया आमा विष्णुकुमारी छन् । ससाना तीन छोरीहरु छन् । जेठी सुस्मा १० बर्षकी छन् भने माइली ममता ६ बर्ष र कान्छी सुजाता भर्खर एक बर्ष पुगिन् । पति गुमाएकी विष्णुमायाको परिवार बेसहाराझै भएको छ । सासुससुरा र तीन छोरीको जिम्मेवारी विष्णुमायाको काँधमा छ ।

'मलाई अरु केही चाहिएको छैन', विष्णुमाया भन्छिन्,' शव छिटोभन्दा छिटो घर ल्याउन सरकारले पहल गरिदेओस् ।' भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget