विश्वस्त स्रोतका अनुसार कोइरालाको महाराजगन्जस्थित निवासबाट रकम चोरी भएको हो । प्रधानमन्त्री भएपछि सरकारी निवास बालुवाटार बसाइँ सरे पनि कोइरालाले त्यसअघि बस्दै आएको घर छाडेका थिएनन् । अधिकांस सामान पुरानै निवासमा थिए । सुरक्षाकर्मी पनि घरमा तैनाथ नै थिए । तर पनि चोरी भयो ।
आजको नयाँ पत्रिका दैनिक आफ्नो खबरको अगाडि लेख्छ–गत जेठको दोस्रो सातातिर प्रधानमन्त्री कोइराला सुत्ने कोठामा रहेको दराज फोडेर करिब १२ लाख चोरीएको हो । चोरी गरिसकेपछि दराजको लक पुनः बनाइएको थियो ।‘सुशील‘दा’ ले अप्ठरो पर्दा चाहिन्छ भनेर राखेको पैसा दराज फोडेर चोरिएको रहेछ,’स्रोतले भन्यो ।
जेठको अन्तिम सातातिर मात्रै प्रधानमन्त्री कोइरालाले महाराजगन्जनिवासमा चोरी भएको थाहा पाएका थिए । सहयोगीमध्येकै कसैले उनको दराज फोडिएको सूचना कोइरालालाई दिएका थिए । ‘अमेरिका उड्नुभन्दा केही दिनअघि सुशील दा ले चोरी भएको थाहा पाउनुभयो ,सहयोगीमध्येबाटै चोरी भएको रहेछ,’स्रोतले भन्यो । २ असारमा अमेरिका गएका कोइराला एक महिनाको उपचारपछि ६ साउनमा स्वदेश फर्किएका थिए ।
Post a Comment