news and more entertainment

अब केटीले मोबाइल बोक्न नपाउने

१७ भदौ, एजेन्सी ।भारतको उत्तर प्रदेशमा समुदायका केटीहरुलाई अर्को समुदायका पुरुषसँग प्रेम सम्बन्धमा पर्नबाट बचाउनका लागि केटीहरुले मोबाइल फोन राख्न नपाउने निर्णय त्यहाँको युवा संगठनले गरेको छ । ब्यापारी समुदाय भनिने बैश्य समुदायका युवाले गठन गरेको अखिल भारतीय बैश्य एकता परिषदले विद्यालय जाने र किशोरी केटीहरुले मोबाइल राख्न नपाउने निर्णय गरेको हो ।

यो अभियानको शुरुवात नयाँ दिल्लीबाट केही किलोमिटरको दुरीमा पर्ने आग्राबाट भएको बताइएको छ । परिषदको बैठकमा राज्यका मध्यम तथा साना उद्योग मन्त्री कलराज मिश्र समेत उपस्थित रहेको टाइम्स अफ इन्डियाले जनाएको छ । यो निर्णय गर्ने परिषदको बैठकमा हजारौं सहभागी थिए ।

यो परिषदले कक्षा १२ सम्म पढ्ने केटीहरुलाई फोनको प्रयोग गर्न रोक लगाउने र उनीहरुलाई प्रेम सम्बन्धको नाममा अनैतिक क्रियाकलाप गर्नबाट रोक्ने लक्ष्य लिएको छ । युवतीहरुलाई अन्य समुदायका पुरुषहरुले 'लभ जिहाद' अर्थात प्रेम युद्धको नाममा प्रेममा फसाएर यौन शोषण गर्ने गरेको भन्दै युवाहरुले यस्तो अभियान चलाएका हुन् ।

यद्यपी यो नियम मान्नका लागि आफूरुलाई बाध्य नपार्ने र सबैलाई आग्रह मात्र गर्ने युवाहरुको भनाइ छ । अन्य समुदायका ब्यक्तिहरुले भने यो समुदायमा विभाजन पैदा गर्ने षडयन्त्र भएको आरोप लगाएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget