१८ भदौ, काठमाडौं ।
अब दुई डलरमा एकदिनको लागि गर्लफ्रेण्ड पाइने भएको छ । अचम्ममा नपर्नुस् समाचार सत्य हो । तर यो प्रत्यक्ष पाइने गर्लफ्रेण्ड नभई भर्चुअल अनलाइनमा हो ।
चीनको लोकप्रिय अनलाइन सपिङ वेबसाइट ताओबाओले पुरुष प्रयोगकर्ताहरुलाई सस्तोमा भर्चुअल गर्लफ्रेण्ड दुई डलरमा उपलब्ध गराउने सेवा सुरु गरेको हो ।
समाचार अनुसार यस्ता गर्लफ्रेण्डले बिहान देखी साँझ सम्म पुरुषका गुनासा समस्या सुन्ने देखी रमाइला कुरा गर्नेछन्, जस्तो कुराको अपेक्षा पुरुषले गर्छन् । यो म्यासेज र फोनमा कुराकानी गरेर दुवै हुने बताइएको छ ।
‘यस्तो सेवा भर्चुअल गर्लफ्रेण्डमा मात्र सिमित नभइ छिट्टै ब्वायफ्रेण्ड पनि पाइने भएको छ ।
कम्पनीले छिट्टै व्यायफ्रेण्ड सेवा थाल्ने बताएको छ ।
ब्वायफ्रेण्ड छानिछानि बनाउन पाइने छ । ग्राहकले जस्तो छान्छन् ।
भर्चुअल गर्लफ्रेण्डको लागि पैसा खर्च गर्नेको संख्या बढ्दै गएको र यसको लोकप्रियता सोचे भन्दा राम्रो रहेको भन्दै कम्पनीले पुरुषलाई महिला र महिलालाई पुरुष साथिको भर्चुअल स्वाद दिन थप कार्यक्रम ल्याउने बताएको छ ।
भर्चुअल गर्लफ्रेण्ड सेवा दिन थालेको ताओबाओमाले ड्रोनमा सामान उपभोक्ताको घरमै पुर्याउनेदेखी महिलाको दुधबाट बनेको साबुन समेत बिक्रि गर्दै आएको छ ।
Post a Comment