;१ फागुन,काठमाडौ। काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले १० बुँदे कार्य योजना सार्वजनिक गरेका छन् । कार्ययोजना सार्वजनिक गदै एसएसपी खरेलले प्रहरीको आचरण सुधार तथा गुण्डागर्दी नियन्त्रण गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् ।
प्रहरी प्रमुखकोरुपमा काठमाण्डौ फर्र्किएको १० दिनपछि विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी एसएसपी रमेश खरेलले महानगरीय प्रहरी परिसर काठमाण्डौका तात्कालीन कार्ययोजना भन्दै १० बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् ।
कार्ययोजना सार्वजनिक गर्दै उनले गुण्डागर्दी नियन्त्रणका लागि प्रहरीले कुनै कसुर बाँकी नराख्ने बताए । खरेलले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै गुण्डागर्दीमा संलग्नहरुले विभिन्न राजनितिक दल तथा व्यक्तिहरुबाटसंरक्षण पाएको भन्दै त्यस्ता सबैलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता पनि जनाए ।
पछिल्लो समयमा गुण्डागर्दीका कृयाकलापमा कमी आएको तथ्य गलत भएको भन्दै प्रमुख खरेलले नब्बे प्रतिशत भन्दा धेरै गुण्डागर्दीमा संलग्नहरु नसुध्रिएको बताए । उनीहरुकै कारण आर्थिक अपराधका घटना समेत बढेर गएको खरेलेको भनाई थियो ।
खरेलले भ्रष्टाचार र दण्डहिनता विरुद्ध शुन्य सहनशिलता, दलाल भ्रष्टाचारी विरुद्ध उठबस र सम्पर्कबाट प्रहरीलाई बाहिर राख्ने कार्ययोजना, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग, चोरी लुटपाट नियन्त्रणमा प्रहरी परिचालनको व्यपाकता, समाजिक विकृति जुवातास, वेश्यावृत्ति नियन्त्रण लगायतका १० बूदे कार्य योजना समेत सार्वजनिक गरेका छन् ।
भ्यालेन्टाइन डेका नाममा हुने अमर्यादित र असामाजिक गतिविधीलाई नियन्त्रण गर्न प्रहरी सक्रिय हुने पनि उनले बताएका छन् ।
हाल खरेलको 'गुण्डा अप्रेसन' जनमानसमा निकै लोकप्रिय भएको छ।
खरेलले सार्वजनिक गरेका १० कार्ययोजना यस प्रकार छन्।
१. प्रहरीको आचरण तथा व्यवहारमा सुधार ल्याउने र प्रहरी स्वयं समस्याको कारण नबनी रोल मोडल भई कार्य गर्ने।
२. गुन्डागर्दी, फरार अभियुक्त एवं दण्डसजाय तोकिएका अपराधीहरुलाई तदारुकताका साथ पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा कैद मुक्त भएका व्यक्तिउपर निगरानी राख्ने।
३. भ्रष्टाचार र दण्डहिनताविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्ने।
४. अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन वैज्ञानिक साधनहरुको प्रयोगलाई प्राथमिकताका साथ अवलम्बन गर्दै जाने।
५. सुरक्षासँग सम्बन्धित विषयमा खबर संकलन गर्न स्थानीय सामुदायिक केन्द्र एवं विभिन्न संघसंस्थाहरुसँग समेत समन्वय तथा सहकार्य गरी चुस्त र भरपर्दो सञ्जाल स्थापना गर्ने।
६. सामाजिक विकृति, जुवातास, वेश्यावृत्ति, दुर्व्यवहारजस्ता अनैतिक क्रियाकलाप नियन्त्रण गर्न कडाइसाथ प्रस्तुत हुने
७. दलाल, अपराधी, भ्रष्टाचारी तथा दुई नम्बरी व्यक्तिहरूसँग उठबस, सम्पर्क तथा सम्बन्धबाट बिलकुल टाढा रहने।
८. चोरी, लुटपाट तथा डकैती न्यूनीकरण गर्नका लागि प्रहरी परिचालनमा व्यापकता दिने।
९. समय समयमा नागरिक समाजसँग शान्ति सुरक्षालगायतका क्षेत्र समेट्ने गरी अन्तर्क्रिया कार्यक्रम राख्ने तथा प्रहरी कामकारबाहीबारे पृष्ठपोषण लिने।
१०. भए गरेका नीति निर्देशनहरुको पालनाबाट आएको प्रतिफलअनुसार प्रहरी कर्मचारीलाई पुरस्कार तथा दण्ड सजायको व्यवस्था गर्ने।
Post a Comment