चीनको सिचुवान प्रान्तमा एक पुरुषले आफ्नी छोरीलाई नाङ्गै पारेर सडकमा घिसारेको दृष्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सो विषयमा ठूलो बहस सृजना भएको छ ।
३० करोड फलोअर रहेको ट्वीटर जस्तै चिनियाँ साइट वेइबोमा बाबुले छोरीमाथि गरेको यस्तो हर्कतका तस्वीर भाइरल बनेपछि यसको
विषयमा बहस शुरु भएको;हो ।
क्रुद्ध बाबुले किशोरी छोरीलाई सडकमा घिसारेको देखेपनि स्थानीय र प्रहरीले भने उनलाई नरोकेको भन्दै सामाजिक सञ्जालमा आक्रोश समेत ब्यक्त भएको छ ।
ती पुरुषका छिमेकीले भने उनले आफ्नी छोरीलाई असाध्यै माया गर्ने गरेको बताएका छन् ।
छोरीले ज्याकेट लगाउन घन्टौं सम्म नमानेपछि रिसले आँखा नदेख्ने भएका उनले छोरीले लगाएको ज्याकेट खोलिदिएर बाटोमा घिसारेको पनि समाचारमा जनाइएको छ ।
तस्विरमा ति पुरुषले छोरीको ज्याकेट खोलिदिएर चिसोमा सडकमा १०० मिटर जति घिसारेको
देखिन्छ ।
उनले छोरीलाई बाटोमा घिसार्दा एक महिलाले देखे पनि उनी चुपचाप अघि बढेको देखिन्छ ।
त्यसैगरी प्रहरीले पनि सो कृत्यप्रति आँखा चिम्लेको प्रष्ट हुन्छ
Post a Comment