एक विवाहित महिला आफ्नो लोग्ने घरबाहिर गएको मौका पारेर घरमा अर्को केटा (नाठो) लाई बोलाइन् । ती महिला र उनको त्यो कामचलाउ केटाबीच कोठाभित्र रासलिला चलिरहेको थियो । उनीहरु साँच्चीकै स्वर्गमा पुगेको अनुभुति गरिरहेका थिए । तर ठ्याक्कै त्यहीँबेला घरमा ती महिलाको लोग्ने आइपुग्यो । अनि के भयो होला ? आफै कल्पना गर्नुहोस् । ब्राजिलमा घटेको यो घटनाको निकै रोचक भिडियो अहिले सार्वजनिक भएको छ । जहाँ अर्काकी स्वास्नीसँग ओछ्यान तताइरहेको मान्छे अकस्मात महिलाको श्रीमान घरमा आएपछि कसरी तेश्रो तलाको झ्यालबाट भाग्न प्रयत्न गर्छ भन्ने देखिएको छ ।
यो शर्ट कसको हो ? श्रीमानले सोध्छ । श्रीमतीले डर र रिस मिसिएको भावमा त्यो शर्ट झ्यालबाट बाहिर फ्याँकिन् । तल सडकमा जम्मा भएको भिडमाथि शर्ट खस्छ । भिड झनै उत्तेजित हुन्छ ।
लोग्नेस्वास्नीको झगडा मच्चिरहेको थियो । त्यहीँबेला झ्यालको बाहिर एकजना मानिस देखियो । सरीरको माथिल्लो भागमा कुनै लुगा नलगाएको त्यो मानिस हतासमा थियो । त्यो मान्छे निकै बुद्धिमान रहेछ । उसले टिसर्ट लगायतका लुगाको डोरी बनाएर कँस्यो र सोही डोरीमा झुण्डिएर तल ओर्लिन थाल्यो ।
Post a Comment