
अहिलेसम्म बलिउडका सुपरस्टार सलमान खानसँग काम गर्न पाएकी छैनन्। इमिरेट्स २४/७ नामक सञ्चारमाध्यममा जनाइए अनुसार निर्देशक सुरज बाड्जात्याको आगामी फिल्ममा सलमानको जोडीका रुपमा दीपिकालाई ल्याउन लागिएको थियो। तर, सलमानले आफू कुनै व्यस्त अभिनेत्रीसँग काम गर्न नचाहेको बताए।
उक्त फिल्मको हिरोइन छान्ने मामिलामा आफू संलग्न हुनेछैन भनेर सलमानले सुरुमै प्रष्ट पारेको पनि समाचारमा जनाइएको छ। तर, उनले बोली अहिले फेरिएको हो कि भन्ने लाग्छ। दीपिका शाहरुख खानसँग ‘ह्यापी न्यु इयर'मा र ‘फाइन्डिङ फ्यान्नी'मा अर्जुन कपुरसँग अभिनय गर्दैछिन्।
सन् २०१३ मा रिलिज भएका दीपिकाद्वारा अभिनित चारवटै फिल्म ‘रेस–२', ‘ये जवानी है दिवानी', ‘चेन्नई एक्सप्रेस' र ‘राम–लीला'ले सय करोड कमाएका थिए। पछिल्लो समयमा सलमानले आफ्ना फिल्ममा नयाँ हिरोइनलाई प्राथमिकता दिँदै आएका छन्। त्यसैले सुरजको फिल्ममा पनि सलमानको जोडीका रुपमा नयाँ हिरोइन देखिए आश्चर्य हुने छैन।
‘मैने प्यार किया', ‘हम आपके है कौन', ‘हम साथ साथ है'जस्ता फिल्मका निर्देशक सुरजको पछिल्लो फिल्म ‘विवाह' सन् २००६ मा रिलिज भएको थियो। अहिले बन्न लागेेको फिल्ममा सलमानको डबल रोल हुने चर्चा चलिरहेको छ।
Post a Comment