फेसबुकले १९ अर्ब डलरमा किन्यो ‘ह्वाट्सएप’
करिब ४५ करोड प्रयोगकर्ता भएको मोबाइल म्यासेजिङ एप्लिकेशन ह्वाट्सएपसँगको कारोबार फेसबुकले पछिल्लो समय गरेको सबैभन्दा ठूलो कारोबार हो। इन्स्टाग्रामजस्तै ह्वाट्सएपलाई पनि ह्वाट्सएपकै ब्रान्डमा राख्ने फेसबुकले जानकारी दिएको छ। फेसबुकले म्यासेजिङ र सामाजिक सन्जालमा आफ्नो वर्चस्व कायम राख्नह नयाँ एप्लिकेशनहरु खरिद गर्दै आएको पाइन्छ।
अहिले स्मार्टफोनबाट सोसल नेटवर्किङ र टेक्स्ट म्यासेजिङ जिपिआरएसमार्फत् सजिलै गर्न मिल्ने भएपछि वायरलेस र मोबाइल म्यासेजिङ पछाडि पर्दै आएका छन्। ह्वाट्सएपले दैनिक रुपमा लाखौं प्रयोगकर्ता थपिरहेको अधिकृत मार्क जुकरवर्गले बताएका छन्। ‘यसले हाम्रो च्याट र म्यासेजिङ सेवामा मध्यस्तकर्ताको भूमिका खेलेर समाजमा नयाँ आयाम थप्छ,’ उनले भने, ‘प्रयोगकर्ताका लागि ह्वाट्सएप र फेसबुक म्यासेन्जर फरकफरक र महत्वपूर्ण सेवा हुन्।’ त्यसैले दुबैमा लगानी गर्ने उनले बताए। स्मार्टफोनमा आधारित म्यासेजिङ एपस् को प्रयोग उत्तर अमेरिका, युरोप र एसियामा बढी रहेको एजेन्सीले उल्खेल गरेको छ।
Post a Comment