सांसदले खुर्सानीको धुलो छर्केपछि भारतको लोकसभामा भागाभाग
काठमाडौं, १ फागुन : भारतको लोकसभामा बैठक चलिरहेका समय एक सांसदले खुर्सानीको धुलो छर्केपछि भागभाग भएको छ । तेलंगनालाई छुट्टै राज्यको रुपमा मान्यता दिने सम्बन्धि विधयक पेस भएपछि त्यसको विरोधमा कांग्रेसका सांसद राजगोपालले त्यस्तो हर्कत गरेको भारतीय समाचारमाध्यमले जनाएका छन् ।
उनले त्यसपछि सभामुखको माइक पनि भाँचेको बताइएको छ । विहीबारको बैठकमा तेलगंना विरोधी सांसदले उक्त विधेयक रोक्ने प्रयास गरेका थिए ।
राजगोपालले खुर्सानीको धुलो आफ्नो खल्तीबाट झिकेको बताएको छ । उनले बेञ्चमा चढेर धुलो चारैतर्फ छिटेका थिए । त्यसपछि कतिपय सांसद आखाँ मिच्दै भागेका थिए । भाग्ने क्रममा तीन जना सांसद घाइते भएका र उनीहरुको उपचार भैरहेको समाचारमा उल्लेख छ ।
तस्वीरमा सांसद राजगोपाल : एजेन्सी
Post a Comment