news and more entertainment

bus

१५ किलोमिटरको गाडी भाडा सय रुपैयाँ

कञ्चनपुर- कञ्चनपुरको भीमदत्तनगरपालिका-९ ब्रहृमदेवका बासिन्दाले १५ किलोमिटर सडकमा सय रुपैयाँ भाडा तिरेर सदरमुकाम महेन्द्रनगर पुग्नुपर्ने बाध्यता रहेको छ ।
सडकको बिग्रँदो अवस्थालाई दर्साउँदै यातायात सञ्चालकहरुले यहाँका सर्वसाधारणबाट चर्को भाडा असुल्ने गरेका छन् ।
चुरेको फेदीसँगै जोडिएको यस क्षेत्रका बासिन्दा किनमेलका लागि निकटवर्ती भारतीय बजारमा जाने गरेका भए पनि सरकारी कामकाजका लागि सदरमुकाम पुग्ने गर्दछन् । दिनमा दुई-तीनवटा मात्रै सवारीसाधन चल्ने भएकाले पनि चर्को भाडा लिइने गरिएको स्थानीय मानसिं सार्कीले बताए ।
नगरपालिका कार्यालयले गड्डाचौकीदेखि जिमुवासम्मको झन्डै तीन किलोमिटर सडक मात्रै कालोपत्रे गरेकाले सडकको अभावमा महाकाली नदीको बगर भएर यहाँ यातायातका साधन सञ्चालन हुने गरेका छन् ।
सडकको बिग्रँदो अवस्थाका कारण दुर्घटना निम्तिने प्रबल सम्भावना भए पनि सडकको स्तरोन्नति हुन नसक्दा यहाँका बासिन्दाले सास्ती व्यहोर्नु परेको स्थानीय विष्णुदत्त जोशीले बताए ।
यातायात सञ्चालकहरुले बगर भएर यातायातका साधन सञ्चालन गर्नुपर्दा इन्धन बढी लाग्ने र स्पेयर पार्टहरुको नोक्सानी हुने गरेकाले भाडा बढेको जनाएका छन्

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget