प्रचण्ड, कृष्णप्रसाद सिटौला र केपी ओलीलाई रोष्टममा उभिएर लामो समय बोल्न दिएका सूर्यबहादुर थापाले कमल थापालाई भने तीन मिनेटमात्रै समय दिए ।
आफ्नो सीटबाट बोल्न शुरु गर्दै अध्यक्ष कमल थापाले सूर्यबहादुरमाथि व्यंग्य गर्दै भने- ‘संविधानसभा अध्यक्ष ज्यूले मलाई बेलाबखत यसैगरी माया गर्दै आउनुभएको छ ।’
राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपाका अध्यक्ष सूर्यबहादुर थापावीच यस्तो व्यवहार संविधानसभा र व्यवस्थापिका संसदमा मंगलबार पहिलोपटक देखिएको चाहिँ होइन । यसअघि पनि दुई थापाहरुवीच संसदभित्र यस्तै व्यक्तिगत छेडखान हुने गरेको थियो ।
अघिल्लो पटक एउटा बैठकमा कांग्रेस, एमाले र एमाओवादी नेतालाई बोल्न दिँदा दलको नाम किटेर बोलाएका सूर्यबहादुरले कमल थापालाई भने दलको नाम भनेका थिएनन् । त्यसबेला पनि कमल थापाले आफ्नो दलको नाम नभनेकोमा संसदमै गुनासो पोखेका थिए ।
Post a Comment