news and more entertainment

लिबिया विमानस्थलमा भएको झडपमा नौको मृत्यु

त्रिपोली, असार ३० – सशस्त्र लडाकू समूहहरुबीच आतइबार लिबियाको अन्तर्राष्ट्रिय विमान स्थलमा भएको झडपको क्रममा नौ व्यक्तिको मृत्यु भएको समाचार छ । सो झडपको क्रममा अन्य २५ जना घाइते भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । उक्त स्रोतका अनुसार सो झडप सशस्त्र इस्लामिक समूह र दक्षिणपश्चिम सहर जिन्तानबाट आएको विद्रोही समूहहरुकोबीचमा भएको थियो । यी दुबै विद्रोही समूहले आ–आफ्नो वेबसाइटमार्फत अत्यन्त महत्वपूर्ण हवाई सञ्जाललाई नियन्त्रणमा लिएको दाबी गरेका छन् । उत्तर अफ्रिकी राष्ट्र लिबियामा हिजो मात्र त्यहाँको सशस्त्र विद्रोही समूहले विगतका तीन वर्षदेखि आफ्नो नियन्त्रणमा लिएको त्रिपोली विमानस्थल छाड्ने निर्णय गरेका थिए । लिबियाको राजधानी त्रिपोलीबाट अन्तर्र्रािष्ट्रय आबागमन गर्ने प्रमुख हवाई केन्द्र त्रिपोली विमानस्थललाई गत तीनवर्षदेखि सशस्त्र विद्रोहीले कब्जामा लिएका थिए ।

 लिबियाको सशस्त्र विद्रोही समूह दिर लिबिया बटालियानका प्रवक्ता अहमद हादियाले सरकारसँग भएको युद्धविराम सम्झौताअनुसार लिबिया अन्तर्राष्ट्रिय विमानस्थल सरकारी सुरक्षाबललाई सुम्पने कुरा बताएका थिए । स्थानीय टेलिभिजन प्रशारण अल नबाले पुष्टी गरेअनुसार त्रिपोली नै अर्को विमानस्थल मितिगालाई विद्रोहीले लिबियालाई गत शनिबार हस्तारन्तरण गरिसकेको थियो । मितिगा विमानस्थल हस्तारन्तरण एक छोटो समारोहकाबीच गरिएको अल नबाले जनाएको थियो ।

 लिबियाको पश्चिमी नगर जिन्तानमा अखडा जमाएका सशस्त्र विद्रोही समूहले सन् २०११ देखि उक्त दुवै विमानस्थल कब्जामा लिएका थिए । यही विद्रोही समूहले तत्कालीन क्रुर राष्ट्रपति मुअम्मर गद्दाफीलाई अपदस्थ गरी सत्ताबाट हटाएको थियो । समाचार स्रोतका अनुसार विद्रोही समूहले अब बन्ने सरकारप्रति अधिकतम लचकता देखाउन थालेको छ । गत महिना त्यहाँ संसदीय निर्वाचन सम्पन्न भएको थियो । यस निर्वाचनको औपचारिक परिणाम घोषणा आगामी २० जुलाईका दिन हुँदै छ । त्यसपछि बन्न गइरहेको सरकारसँग सद्भाव कायम राख्ने सङ्केत स्वरुप उक्त दुई विमानस्थल आफ्नो कब्जाबाट छाडी सरकारलाइ सुम्पेको जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget