news and more entertainment

मोदीलाई भेट्ने महाराजको सुत्र कसरी विग्रियो ?

काठमाडौं,साउन१९–नेपाल हिन्दु अधिराज्यकै रुपमा देख्न चाहने भारतीय जनता पार्टीका शीर्ष नेतासमेत रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दु राज्यका प्रतिक पुर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्लान ? यो प्रश्न नेपालभित्र भन्दा पनि दिल्लीमा अहिले त्यहाँका नेपाल मामिलाका जानकार र सञ्चारकर्मीहरुले गरिरहेका थिए । तर नेपाल सरकार नकारात्मक भएपछि पुर्वराष्ट्रप्रमुख भएपनि ‘महाराज ज्ञानेन्द्र’सँग मोदीले भेट गर्न नमिलेको बताइएको छ ।
मोदीलाई भेटाउन ज्ञानेन्द्र शाहको सुत्रका रुपमा केही व्यक्ति दिल्लीमा गएका थिए । निर्मल निवासनिकट उच्च स्रोतका अनुसार ती सुत्रले मोदीसम्म उनका सूचनाहरु पुर्याउन प्रयास गरेका थिए । उनीहरुले मादीनिकट व्यक्तिलाई भेटेर संक्षिप्त रुपमा भने पनि मोदीले नेपाल भ्रमणका क्रममा पुर्वराजालाई भेट्नुपर्ने आग्रह गरेका थिए । ज्ञानेन्द्र र मोदीको भेटवार्ताको चाजो मिलाउन गएका व्यक्तिको परिचय भने खुलाइएको छैन ।


मोदी प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि राजावादी नेता कमल थापाले गुजरातमै पुगेर उनलाई भेटेका थिए । एक विश्वस्त स्रोतले दिएको जानकारी अनुसार ज्ञानेन्द्र शाहको सुत्रका रुपमा अहिले मोदीकै पारिवारिक नातासमेत जोडिने बडोदाकी राजकुमारी आशाराजे गायकवार्डले पनि प्रयास गरिरहेकी छन् । ‘तर अहिलेसम्म उनीहरुको प्रयास सफल हुन सकिरहेको छैन,’ स्रोतले भन्यो । राणा प्रधानमन्त्री चन्द्र शम्शेरकी नातिनी आशा राज्यलक्ष्मीको भारतको बडोदा राज्यका रजौटासँग विहे भएको थियो । उनी अर्जुन शम्सेरकी छोरी हुन् ।
आशा र मोदीबीचको राजनीतिक तथा पारिवारिक सम्बन्धलाई आधार बनाएर ज्ञानेन्द्रसँग भेटाउने जुक्ति खोजिए पनि भेटघाटको तालिका काठमाडौंस्थित राजदुताबासले तयार पारिरहेको थियो । तर नेपाल सरकार नकारात्मक भएको सन्देश राजदुताबासले साउथ व्लकलाई दिएको स्रोतको दाबी छ । - साभार : रातो पाटि
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget