अजयको चुरोटले करिनालाई तनाव
एजेन्सी/ अजय देवगनको स्वभाव करिना कपुरलाई निकै मन पर्छ । त्यसैले पनि उनीहरूको मित्रता लामो समयदेखि उस्तै छ । उनीहरू २० वर्षदेखि एक–अर्कालाई अफ्ठयारो परेका वेलामा साथ दिइरहेका छन् ।
करिना अजयको परिवारसँग पनि उत्तिकै घुलमिल हुन्छिन् । तर, जब खाना खाने कुरा आउँछ, उनी अजयनजिक बस्नबाट तर्किन्छिन् । यसको एउटै कारण हो अजयको धूमपान
गर्ने स्वभाव ।
करिना भन्छिन्, ‘अजयको धूमपानको लतदेखि पूरै बलिउड सचेत छ । सिंघम रिटन्र्सको छायांकनका क्रममा पनि मलाई यसको सामना गर्नुपर्यो । एकपटक म खाना खाइरहेको थिएँ । अजय त मेरो पछाडि उभिएर चुरोट तान्न थाले । मैले जसोतसो खाना खाएँ, त्यसवेलासम्म पनि उनी चुरोट खाइरहेका थिए । मलाई धेरै गाह्रो भयो ।’ त्यसपछि मैले भने, ‘अब पनि खाना खाने वेलामा चुरोट खायौ भने म यहाँबाट हिँडिदिन्छु ।’
करिनाको चेतावनीपछि अजयले अर्कोपटक उनको छेउमा चुरोट नपिउने वाचा गरे । अझ खाना खाने वेला त कुनै पनि हालतमा चुरोट नपिउने बताए । तैपनि करिना विश्वस्त हुन सकेकी छैनन् ।
Post a Comment