news and more entertainment

दोश्रो बिहे गरेपनि शंकर एक्लै, भन्छन्-’अब पछुताएर के गर्नु’ ?

 
nisha-and-sankar-bc
घरमा २ सन्तान र श्रीमती हुँदाहुँदै पनि चर्चित नृत्य निर्देशक एवं मोडल शंकर वीसीले लोकदोहारी गायिका निशा सुनुवारसँग दोश्रो बिहे गरे । निशा अमेरिका गएपछि मात्र मिडियामा बिहेको राज खुलेको हो ।
तर शंकरले अनलाइनखबरसँग कुरा गर्दै आफूहरुको बिहे ५ बर्ष अगाडि नै भएको खुलाएका छन् । शंकरले भने, ‘हामीले बिहे त ५ बर्ष अगाडि नै गरेका हौ । तर मिडियामा सन्तानको जन्म भएपछि मात्र जानकारी दिने भन्दै लुकाउँन खोज्यौ ।’ शंकरले आफनी पहिलो पत्नी सरितालाई पनि निशासँगको बिहेको बारेमा थाहा भएको बताए ।
अहिले उनले दुबै श्रीमतीलाई राम्रैसँग मिलाएको बताए । उसो त निशा यतिबेला अमेरिकामा छोरीलाई जन्म दिएर बसेकी छिन् । सरिता नेपालगञ्जमा छिन् । शंकरले हाँस्दै भने-’दुईवटा बिहे गरेपनि के गर्नु, अहिले काठमाण्डौमा आफू एक्लै छु ।’
आफूले यस्तो गर्छु भनेर केही नहुने रैछ, शंकर दोश्रो बिहेको बारेमा अनलाइनखबरसँग भने-’अब पछुताएर पनि के गर्नु ? ‘भाग्यमा जे थियो त्यही भयो, अब मिलाएर नै अगाडि बढ्छु ।’ सुरुवातमा त उनलाई निशासँग किन बिहे गरेछु भन्ने सोच पनि नआएको होइन । तर पछि छोरीको जन्म भएपछि माया पलायो उनमा । ‘छोरी जन्मनुअघि नचाहिने टेन्सन बोकिएछ भन्ने पनि मनमा पलायो, तर अब त के नै गर्न सकिन्छ र ?’ शंकरले भने ।
उनले अब तेश्रो बिहे नगर्ने स्पष्ट पारे । ‘तेश्रो बिहे पनि गरे भने त कहाँ नै इज्जत रह्यो र हैन’, शंकरले प्रश्न गर्दै भने ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget