news and more entertainment

गर्भवती प्रेमिकाको हत्या....

७ साउन, दाङ । दाङको देउखुरीमा एक प्रेमीले प्रेमिकालाई हत्या गरेको रहस्य खुलेको छ । सतबरीया ५ की २२ वर्षकी हेमा चौधरीलाई उनकै प्रेमी वेला ९ बस्ने यमराज परियार र उनका साथी शिबप्रसाद चौधरीले हत्या गरी खोलामा गाडेको रहस्य खुलेको हो ।


केटि पक्षको व्यक्तिले प्रहरीमा उजुरु दिएको आधारमा प्रहरीले अनुसन्धान गर्दा २ महिना पहिले हत्या गरी गाडेको ठाउँबाठ कंकाल फेला पारेको छ । प्रहरीका अनुसार हेमा र यमराजको केही समयदेखि प्रेम सम्बन्ध रहेको र सोही क्रममा हेमा गर्भवती भएकी थिईन ।


हेमाले प्रेमी यमराजलाई आफू गर्भवति भएको जानकारी गराएपनि उनले हेमाको गर्भलाई आफ्नो अस्वीकार गरेका थिए । तर हेमाले विवाह गर्न बारम्बार दवाव दिन थालेपछि यमराजले विवाह गर्ने आश्वासन दिएर २ महिना अघि घरबाट निस्कन भनेका थिए ।


यमराजको आग्रह अनुसार विवाह गर्न निस्केकी हेमालाई यमराज र उनका साथी शिवप्रसादले हत्या गरेर खोलामा गाडेका थिए । सतवरियाको खोलामा हेमाको कंकाल भेटीएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।


हेमाका परिवारको उजुरीका आधारमा प्रहरीले यमराजलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा यमराजले हेमाको हत्या गरेको स्वीकारेका थिए । खोलामा मारेर फालेको बयान दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । हेमाको दाँत सहित बंगारा, हातको हड्डी, करङ भेटिएको प्रहरी निरिक्षक शाहीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget