बेलायतमा पछिल्ला दशकहरुमा सम्भोगप्रतिको धारणामा कसरी परिवर्तन भैरहेको छ ? भन्ने विषयमा थालिएको वृहत अध्ययनको एक भागको रुपमा प्रस्तुत सर्भेक्षण गरिएको थियो । गर्भाधारणको दर निकै घट्नुमा महिलाहरु असरदायी सम्भोगबाट टाढिन खोज्नु हो । हरेक १ हजार द्धिलिंगी सम्भोगमध्ये केवल एउटा मात्र गर्भाधारण हुने गरेको छ ।
२० औँ सताब्दीदेखि बेलायतीमा सेक्सका विषयमा अवधारणात्मक परिवर्तन आउन थालेको शोधकर्ताको दाबी छ । खासगरी २० औँ सताब्दीमा महिलाहरु सम्भोगलाई खतरनाक विषयको रुपमा लिन्थे किनकी उनीहरु अनिच्छित गर्भ, अवैध गर्भपतन तथा विभिन्न खाले रोगको सिकार समेत बन्नुपथ्र्यो । तर अहिले महिलाका लागि समेत सहमतीय सम्भोग, सुरक्षित प्रसुती तथा गर्भनिरोधक उपाय भएकाले महिलाले सम्भोगमा बढि आनन्द लिन थालेका बेलायती यौन मनोविज्ञ तथा शोधकर्ता आन्ने जोनसनको भनाइ छ ।
बेलायतीहरुमा पछिल्लो समयमा बढि भन्दा बढि सम्भोग गर्ने इच्छा पलाउन थालेको शोधकर्ता बताउँछन् र किशोर किशोरीमा समेत सम्भोगको दर बढेर गएको छ । बेलायतमा हुने कुल सम्भोगमध्ये ३० प्रतिशत १६ वर्षमुनिका किशोर किशोरीहरुबीचमा हुने गरेको तथ्यले पनि यसलाई पुष्टि गर्छ । अझ रोचक कुरा त के भने ६५ देखि ७४ वर्ष उमेरका मानिसले पनि छिटो छिटो सम्भोग गर्ने गरेको पाइएको छ। यो उमेर समूहका ४२ प्रतिशतले गएकेा वर्ष कम्तीमा एक पटक सम्भोग गरेको बताए । स्रोत # अनलाइन खबर
Post a Comment