गाँजाको सेवनले पुरुषको शुक्रकिटमा क्षति पूराउने तथ्य सार्वजनिक भएको छ । बेलायतमा गरिएको अध्ययनले गाँजा, भाङ तथा अफिमजस्ता लागु औषधले शुक्रकिटको आकार-प्रकार तथा गुणमा असर पूराउने र मानिसको प्रजनन क्षमतामै ह्रास ल्याउने पुष्टि भएको हो । साथै वैज्ञानिकहरुले सन्तानलाभ प्राप्त गर्ने चाहना रहेका पुरुषहरुलाई गाँजाजन्य लागुऔषधबाट टाढै रहन सुझाव दिएका छन् । गाँजाले प्रजनन क्षमतामा पार्ने प्रभावका विषयमा विश्वकै अहिलेसम्मकै विस्तृत दाबी गरिएको उक्त अनुसन्धान बेलायतको सेफिल्ड र म्यानचेष्टर विश्वविद्यालयका शोधकर्ताहरुले गरेका हुन् । शोधकर्ताहरुले पुरुषको जिवनशैलीको उसको शुक्रकिटको गुणमा पार्ने असरका विषयमा अध्ययन गर्ने क्रममा गाँजाको सेवन मात्र नभएर चुरोट तथा मदिराको सेवनले पनि शुक्रकिटमा नकारात्मक असर पूराउने तथ्य फेला पारे ।
ह्युमन रिप्रोडक्सन नामक मेडिकल जर्नलमा छापिएको अनुसन्धान प्रतिवेदनका अनुसार अनुसन्धानका क्रममा बेलायतका विभिन्न १४ वटा सन्तानोत्पादन केन्द्रहरुबाट २२ सय ४९ जना पुरुषहरुलाई सहभागि गराइएको थियो र उनीहरुलाई विभिन्न प्रश्नावली दिएर भर्न लगाइएको थियो । यसका साथै उनीहरुबाट विर्यको नमूना संकलन गरेर परीक्षण पनि गरिएको थियो । त्यसक्रममा के पाइयो भने पछिल्लो ३ महिनामा गाँजा सेवन गरेका तथा गर्मी महिनामा विर्यको नमूना लिइएका पुरुषमा गाँजा सेवन नगर्ने तथा अन्य ऋतुमा विर्यको नमूना लिइएका पुरुषमा भन्दा शुक्रकिटको गुणस्तर निकै खस्किएको पाइयो । त्यस्ता मानिसबाट लिइएको विर्यमा केवल ४ प्रतिशत मात्र सद्दे शुक्रकिट पाउने दर दोब्बर रहेको शोधकर्ताहरुले बताएका छन् ।
शोधकर्ताहरुका अनुसार असामान्य आकारका शुक्रकिटबाट प्रजनन हुनसक्ने सम्भावना निकै कम हुन्छ । प्रयोगशालामा गरिएको अनुसन्धान अनुसार आकार प्रकार स्वस्थ शुक्रकिटको भन्दा फरक रहेको शुक्रकिट विर्यमा राम्ररी पौडिन नसक्ने र त्यसले डिम्बलाई निषेचन गर्न सक्दैन जसका कारण गर्भ रहन कठीन हुन्छ ।

Post a Comment