रम्भालाई मानिसहरु बलिउडमा दिव्या भारतीको क्लोनको रुपमा पनि चिन्ने गर्दछन् । आरोप रम्भाकी भाउजु अर्थात उनका दाई पी श्रीनिवास रावकी श्रीमतीले लगाएकी छिन् ।
यस विषयमा रम्भा र उनका दाईमाथि श्रीनिवासकी श्रीमतीलाई दाइजोका लागि शारिरिक र मानसिक रुपमा प्रताडित गरिँदै आएको भन्ने आरोप लागेको छ ।
पी पल्लवीका अनुसार धेरै पहिलेदेखि श्रीनिवास र परिवारको अन्य सदस्यले उनलाई दाइजोको लागि प्रताडित गरिरहेका र उनीसँग निकै नराम्रो व्यवहार गरिरहने बताएकी छिन् श्रीनिवास र उनको विवाह सन् १९९९ मा भएको थियो र उनीहरुको दुईजना छोराछोरी छन् ।
पल्लवी अहिले आफ्नो माइतीमा बसिरहेको बताइएको छ । यो विषयमा प्रहरीले रम्भा र उनको दाईसँग सोधपुछ गरिरहेको बुझिएको छ । (एजेन्सी/ratopati
Post a Comment