news and more entertainment

विवाह पछि आर्यन सिग्देललाई काम भन्दा पैसा प्यारो...

काठमाडौं,८ साउन ।  विवाह अघि चुजी अभिनेताका रुपमा चिनिएका आर्यन सिग्देलले विवाह पछि भने जस्ता फिल्ममा पनि काम गर्न थालेका छन् ।


यो उनको पारिवारिक वाध्यता हो वा कामप्रतिको सम्मान ?,त्यो त उनी जानुन । यसैवीच आर्यान अहिले नयाँ चलचित्र आवेगमा अनुबन्धित भएका छन् । अर्को साताबाट छायाँकन  हुने चलचित्र आवेगको निर्देशन वसन्त निरौलाले गर्दैछन । उनले यस अघि बिजयपथ र राजनीति गरी दुई फिल्मको निर्देशन गरिसकेका छन् ।
आबेगमा सुरुमा अनुबन्धित हुन नचाहेका अभिनेता आर्यन  फेरी अनुुबन्धित भएका हुन् ।

पछिल्लो समय व्यानर भन्दा पनि अभिनयमा पैसालाई महत्व दिन थालेका अभिनेता सिग्देल यही कारण फिल्म आवेगमा अनुबन्धित भएका हुन् ।



निर्देशक बसन्त निरौलाले यो फिल्ममा आफ्नी पत्नी पवित्रा आचार्यलाई मुख्य नायिका बनाउने भएपछि आवेगमा आर्यनले अभिनय नगर्ने भएका थिए । पवित्राको ठाउँमा अन्य अहिलेका चलेका नायिका राख्न आर्यनले माग पनि गरे ।

तर निर्देशक निरौलाले घरमा नायिका हुँदा हुँदै बाहिरबाट किन ल्याउने भनेर पवित्रालाई नै आवेगमा राख्न अड्डी कसेपछि आर्यनको केही लागेन । अन्तत पवित्रासँग यो फिल्ममा काम गर्न आर्यन राजी भए ।

विवाह पछि आर्थिक उपार्जनका लागि आर्यनले आँखा चिम्लिएर नयाँ–नयाँ फिल्ममा आफुलाई अनुबन्धित गरेका छन् । जस मध्य आवेग पनि एक हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget