खुला समुद्र तटमा २५ मिनेटको सेक्स गर्दा जेलको बास
(एजेन्सी) मानिसका पनि अनौठो सौखहरु हुन्छन् । तर ती सौख पुरा गर्दा होस् नपु¥याउँदा त्यसको परिणाम भयानक हुनसक्छ । ठीक यस्तै भएको छ, अमेरिकाको फ्लोरिडामा ।
फ्लोरिडा सहरमा रहेको एक समुद्र तटमा दिनदाहाडै यौन गतिविधिमा लिप्त हुँदा एक जोडी जेल जानुपरेको छ । समुद्रको तटमा सेक्स गर्ने आफ्नो इच्छालाई रोक्न नसक्दा ती जोडी जेल चलान भएका हुन् ।
२० वर्षीय एलिसा अल्भारेज र ३९ वर्षीय होजे काबालेरोले छेउछाउमा भएको मानिसको ख्यालसमेत नगरेर खुला समुद्री तटमा सेक्स गर्न थालेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
करिब २५ मिनेटसम्म उनीहरुले सेक्स गरेका थिए । जसलाई एक हजुरआमाले मोबाइल फोनको क्यामारामा कैद गरेका थिए । सेक्सपछि उनीहरु केहीबेर पौडी खेल्न गएको र आएर केही घण्टा सुतेर फेरि त्यही हर्कत गर्न थालेपछि एक बच्चाको आमाले प्रहरीलाई खबर गरेका थिए ।
‘उनीहरुले छेउछाउमा भएका कसैको पनि ख्याल गरेनन् । त्यहाँ ४ वर्षको पनि बालिका थियो,’ एक प्रत्यक्षदर्शीले बताए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment